काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले महिलाहरुलाई उद्यम क्षेत्रमा आकर्षिक गर्नका लागि सहयोग गर्ने भएको छ। बैंकले महिलाहरुको व्यवसाय प्रवर्धन गर्न सहयोग गर्ने भएको हो।
यस सम्बन्धमा बैंक र महिला उद्यमी महासंघबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले महासंघका सदस्यहरुलाई विभिन्न सेवाहरुमा छुट दिनेछ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र महासंघका तर्फबाट अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेको बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सम्झौता अनुसार महासंघका सदस्यद्धारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलालाई बैंकले वित्तीय सहयोग उपलब्ध गराउनेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले आफ्का २७५ वटै शाखामार्फत उद्यम गर्न चाहने महिलालाई छुटसहित कर्जा प्रवाहमा विशेष प्राथमिकता दिने बताए।