काठमाडौं। एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
यो लाभांश राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै एभरेष्टको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
यसअघि माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेको थियो।