BIZMANDU
www.bizmandu.com

घरबाट सवा चार करोडसहित समातिएका वृद्ध अस्पताल भर्ना, पैसा-गहना राष्ट्र बैंकमा बुझाइँदै

२०८२ भदौ १९

घरबाट सवा चार करोडसहित समातिएका वृद्ध अस्पताल भर्ना, पैसा-गहना राष्ट्र बैंकमा बुझाइँदै
घरबाट सवा चार करोडसहित समातिएका वृद्ध अस्पताल भर्ना, पैसा-गहना राष्ट्र बैंकमा बुझाइँदै


काठमाडौं। घरमा राखेका करिब १० किलो सुन र सवा ४ करोड रुपैयाँसहित पक्राउ गरिएका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

Tata
GBIME

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति नै उनलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको हो। उनलाई ललितपुरको पाटन अस्पताल भर्ना गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बरामद रकम र सुनचाँदीसहित श्रेष्ठलाई राजस्व अनुसन्धान विभाग पठाएको थियो।

‘स्वास्थ्यमा समस्यादेखिएपछि पाटन अस्पतालको क्याबिनमा राखिएको छ,’ विभागका एक कर्मचारीले भने।

श्रेष्ठको सुरक्षाको लागि दुई जना प्रहरीसमेत अस्पतालमा खटाइएको छ। श्रेष्ठलाई मधुमेहको समस्या रहेको पाइएको छ। उनको स्वास्थ्य ठिक भएपछि विभागले बयानसँगै थप अनुसन्धान गर्ने तयारी छ।

सामाखुसीस्थित घरमा पाइएको रकम र सुनको श्रेष्ठले स्रोत खुलाउन नसक्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले वैधानिक स्रोत खुलाएको खण्डमा पनि राजस्व छलीमा अनुसन्धान गरी मुद्दा चल्ने देखिएको छ। रकमको स्रोत खोले पनि घरमा राखेर सुन र पैसाको कारोबार गर्न नपाइने प्रहरीले जनाएको छ।

राजस्व अनुसन्धान विभागले सुन र रकम राष्ट्र बैंकमा बुझाउने तयारी गरेको छ।