काठमाडौं । अमेरिकी सरकारले नेपाली सेनालाई दिएको दुईवटा विमानर आज हस्तान्तरण गरेको छ।
परराष्ट्र मन्त्री आरजु राणा देउवा, रक्षा मन्त्री मानवीर राई र अमेरिकी राजदूत डिन आर थम्पसन लगायतको उपस्थितिमा आज दुईवटा सैन्य विमान हस्तान्तरण गरिएको हो।
यो सहयोगले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।