BIZMANDU
www.bizmandu.com

गोंगबुको एक घरमा प्रहरीले फेला पार्‍यो करोडौं रकम र सुन, एकजना पक्राउ

२०८२ भदौ १७

गोंगबुको एक घरमा प्रहरीले फेला पार्‍यो करोडौं रकम र सुन, एकजना पक्राउ
गोंगबुको एक घरमा प्रहरीले फेला पार्‍यो करोडौं रकम र सुन, एकजना पक्राउ

काठमाडौं । गोंगबुको एक घरमा प्रहरीले उल्लेख्य परिमाणको रकम बरामद भएको छ। अहिले रकम गणना गर्ने कार्य भइरहेको छ।

Tata
GBIME
Nepal Life

एआईजी टेक बहादुर तामाङले काठमाडौं वडा २६ मा रहेको ‘श्रेष्ठ घर’मा प्रहरीको संयुक्त टोलीले गरेको अपरेसनमा खोजतलासका क्रममा रकम फेला परेको बताएका हुन्।

हालसम्म करिब ३ करोड रुपैयाँ गणना भइसकेको उनले जानकारी दिए। रकम धेरै भएकोले मेसिन ल्याएर गणना गर्ने तयारी हुँदैछ।

प्रहरीले सो घरबाट सुन पनि बरामद गरेको छ। त्यसक्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।