BIZMANDU
www.bizmandu.com

दसैंका लागि सुकिला नोट सटहीको सुविधा भदौ २९ देखि, कहाँ-कहाँ साट्न पाइन्छ?

२०८२ भदौ १५

दसैंका लागि सुकिला नोट सटहीको सुविधा भदौ २९ देखि, कहाँ-कहाँ साट्न पाइन्छ?
दसैंका लागि सुकिला नोट सटहीको सुविधा भदौ २९ देखि, कहाँ-कहाँ साट्न पाइन्छ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि सुकिला नोट सटहीको व्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले आइतबार एक सूचना निकालेर भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको जनाएको छ।

सुकिला नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीमा साट्न पाइनेछ।

यस्तै राष्ट्र बैंकले आफ्ना विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा पनि सुकिला नोट सटहीको सुविधा उपलब्ध हुने जनाएको छ ।

राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा पनि नोट सटही सुविधा उपलब्ध हुनेछ।