BIZMANDU
www.bizmandu.com

रास्वपा सांसद सोबिताप्रति कांग्रेस सचेतक सुशीला आक्रोशित, संसद्‍बाट दिइन् फ्याउरोको संज्ञा

२०८२ भदौ १३

रास्वपा सांसद सोबिताप्रति कांग्रेस सचेतक सुशीला आक्रोशित, संसद्‍बाट दिइन् फ्याउरोको संज्ञा
रास्वपा सांसद सोबिताप्रति कांग्रेस सचेतक सुशीला आक्रोशित, संसद्‍बाट दिइन् फ्याउरोको संज्ञा

काठमाडौं। नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई फ्याउरोको संज्ञा दिएकी छन्।

Tata
GBIME
Nepal Life

उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सोबिताले फ्याउरो जसरी कराएर सांसदको अपमान गरेको आरोप लगाइन्। उनले सोबितालाई संविधानबारे सदनभित्र बहसका लागि तयार हुन चुनौती समेत दिइन्।

कांग्रेसकी सचेतक थिङ संसद्का ठूला नेता र सांसदलाई संविधान र कानुनको ज्ञान छैन भनेर सोबिताले चितवनमा अभिव्यक्ति दिएको भन्दै आक्रोशित मुद्रामा प्रस्तुत भइन्।

रवि लामिछानलेलाई कानुन दुरुपयोग गरेर थुनेर राखे। ज्ञान नभएका सांसद विधायिका हौं भनेर घमण्ड गर्छन् भनेर अभिव्यक्ति दिनुभयो।

चितवनमा तीज कार्यक्रममा संसद्का ठूला नेता र सांसदलाई संविधान र कानुनको ज्ञान छैन। रवि लामिछानलेलाई कानुन दुरुपयोग गरेर थुनेर राखे। ज्ञान नभएका सांसद विधायिका हौं भनेर घमण्ड गर्छन् भनेर अभिव्यक्ति दिनुभयो,’ उनले भनिन्, ‘सांसदको दक्षता र क्षमतामाथि प्रश्न गरेकामा भर्त्सना गर्छु। उहाँलाई संविधानको ज्ञान रहेछ। संसद बहिष्कार गरेर बाहिर जाने होइन। यहीं बहस गरौं। संविधान सम्बन्धी कसको ज्ञान कति रहेछ संसद्‍मै नापौं। जोखौं। छिनोफानो गरौं। सदन बाहिर गएर फ्याउरो जसरी कराएर सांसदको अपमान हुने गरी बोल्ने अधिकार उहाँलाई कसले दियो?’

त्यसअघि सांसद थिङले इम्बोस्ड नम्बर प्लेटबारे सदनमा जवाफ दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको ध्यानाकर्षण गराइन्। त्यस क्रममा उनले इम्बोस्ड नम्बरलाई तीन पटकसम्म एम्बुस्ड नम्बर भनिन्।