काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटलले आइपीओ निष्कासन गर्ने भएको छ। हस्पिटलले आइपीओ निष्कासनको प्रस्तावसहित भदौ २९ गते वार्षिक साधारण सभा बोलाएको छ।
हस्पिटलले साधारण सभामा ७ वटा साधारण र ३ वटा विशेष प्रस्ताव पेस गर्दैछ। हस्पिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गर्दैछ।
लाभांश वितरण प्रयोजनका लागि भदौ २२ गते बुक क्लोज तोकिएको छ। हस्पिटलले त्यसपछि संस्थाको जारी पूँजीको २० प्रतिशत आइपीओ निष्कासन गर्ने भएको हो।