BIZMANDU
www.bizmandu.com

नेपाल लगातार दोस्रो खेलमा साउथ अस्ट्रेलियासँग पराजित, नेपाल ‘ए’को खेल वर्षाले प्रभावित

२०८२ भदौ १२

नेपाल लगातार दोस्रो खेलमा साउथ अस्ट्रेलियासँग पराजित, नेपाल ‘ए’को खेल वर्षाले प्रभावित
नेपाल लगातार दोस्रो खेलमा साउथ अस्ट्रेलियासँग पराजित, नेपाल ‘ए’को खेल वर्षाले प्रभावित

काठमाडौं। नेपाली क्रिकेट टोली बिहीबार लगातार दुई खेलमा पराजित भएको छ। अस्ट्रेलियामा आज सम्पन्न पहिलो अभ्यास खेलमा ३ विकेटको हार ब्यहोरेको नेपाल आजै सम्पन्न दोस्रो खेलमा ३ रनले पराजित भएको हो।

Tata
GBIME
Nepal Life

विश्वकप छनोटको तयारीका क्रममा रहेको नेपालले आज दुवै खेल साउथ अस्ट्रेलियाविरुद्ध खेलेको थियो।

आजको दोस्रो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १५७ रनमा समेटियो।

पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाका लागि रायन किङले सर्वाधिक ३४ रन बनाउँदा ड्यानियल ड्र्यु र ह्यारी मनेन्तीले समान २९ रनको महत्त्वपूर्ण योगदान दिएका थिए। बलिङमा नेपालका करण केसी, रुपेश सिंह र शहाब आलमले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल १५७ रनमा समेटियो। नेपालका लागि रुपेश सिंहले सर्वाधिक ३७ रन बनाउँदा लोकेश बमले ३२ तथा भीम सार्कीले २९ रनको योगदान दिए।

बलिङमा अस्ट्रेलियाका क्याम्पबेल थोम्सनले सर्वाधिक ४ विकेट लिँदा टोम मेन्जिइज, टिम ओएकले र नोह म्याकफेडियनले समान २ विकेट लिए।

आजै नेपाल ‘ए’ टोलीले भारतमा आसाम स्टेट टोलीविरुद्ध खेलिरहेको छ। १९१ रनको लक्ष्य पछ्याएको नेपाल ६.४ ओभरमा ५८-२ को अवस्थामा रहँदा वर्षाले खेल प्रभावित बनाएको छ।