काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैं र तिहारलाई लक्षित गरेर ‘बजाज प्रिमियर लिग’ क्याम्पेन घोषणा गरेको छ।
यस क्याम्पेन अन्तर्गत हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन्। साथै, नागरिकताको भरमा सहज फाइनान्सिङमा पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ।
जति धेरै रन, त्यति धेरै पुरस्कारसँगै सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार, प्लेयर अफ द विक बन्ने ग्राहकलाई एक लाख नगद पुरस्कार र चर्चित क्रिकेट खेलाडीहरुसँग भेट्ने अवसर पाउने कम्पनीले जनाएको छ।
बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनुभवहरू पनि साट्न पाउने जनाइएको छ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यस अभियानबारे भने, ‘नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनीले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ। कम्पनीको विश्वास छ कि यसले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ।’
यस क्याम्पेनले मोबाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोबाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवसर प्रदान गर्ने जनाइएको छ। यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ।