BIZMANDU
www.bizmandu.com

साइबर ब्यूरोमा हुलाकबाट उजुरी आएपछि पक्राउ परे एमाले केन्द्रीय सदस्य ऐन महर

२०८२ भदौ ११

साइबर ब्यूरोमा हुलाकबाट उजुरी आएपछि पक्राउ परे एमाले केन्द्रीय सदस्य ऐन महर
साइबर ब्यूरोमा हुलाकबाट उजुरी आएपछि पक्राउ परे एमाले केन्द्रीय सदस्य ऐन महर

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले महरलाई पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

ब्यूरोले उनलाई पक्राउ गर्न सोमबार नै जिल्ला अदालत काठमाडौंबाट पक्राउपूर्जी लिएको थियो। ब्यूरोमा केही दिन अघि हुलाकबाट एक जनाले महरले आफ्नो चरित्रहत्या गरेको भन्दै उजुरी दिएकी थिइन्।

‘दुई दिनअघि नै पक्राउपूर्जी जारी भएको हो। उहाँ अदालतमा पुगेको जानकारी आएपछि टोली पुगेर नियन्त्रणमा लिएको हो,’ ब्यूरोका एक प्रहरीले भने।

अदालतबाट म्याद थप गरेर प्रहरीले उनीविरुद्ध थप अनुसन्धान गर्ने तयारी गरेको हो। महर यसअघि पनि महिला दुर्व्यवहारको मुद्दामा मुछिएका थिए।

बझाङ घर भएका महर यसअघिको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट पराजित भएका थिए।