BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकको जमल शाखा धुम्बाराहीमा स्थानान्तरण, पौडेलले गरे उद्घाटन

२०८२ भदौ ११

मुक्तिनाथ विकास बैंकको जमल शाखा धुम्बाराहीमा स्थानान्तरण, पौडेलले गरे उद्घाटन
मुक्तिनाथ विकास बैंकको जमल शाखा धुम्बाराहीमा स्थानान्तरण, पौडेलले गरे उद्घाटन

काठमाडौं। मुक्तिनाथ विकास बैंकले काठमाडौंको जमलस्थित शाखालाई धुम्बाराहीमा स्थानान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले धु्म्बाराहीस्थित चिलिमे टावरमा शाखा स्थानान्तरण गरेको हो। शाखा कार्यालयको बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले उद्घाटन गरेका छन्।

पौडेलले मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवा विस्तारको प्रशंसा गरे। उनले बैंकलाई जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजनाबारे जानारी गराएका थिए।