काठमाडौं। ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीको ५१ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ।
कम्पनीले मंगलबार कालीगण्डकी गर्ज हाइड्रोपावरसँग सेयर खरिद सम्झौता गरेको हो। कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङ जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजनाको निर्माण गरिरहेको छ।
आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त भइसकेको कम्पनीले जनाएको छ। लक्ष्मी सनराइज बैंकको अगुवाइमा विभिन्न बैंकहरुको सहवित्तीयकरण समूहले सो आयोजनामा लगानी गर्ने गरी यसअघि नै वित्तीय व्यवस्थापनको काम सम्पन्न भइसकेको छ।
कालीगण्डकी गर्ज हाइड्रोपावरको अनुमानित कुल लागत ३९ अर्ब ५० करोड रहेको छ। यसमा ऋण तथा स्वपुँजीको अनुपात ७५:२५ रहनेछ।