BIZMANDU
www.bizmandu.com

‘मेड इन इन्डिया’ इभी १०० भन्दा धेरै देशमा निर्यात हुने, ई-भिटारा मोदीले गरे सार्वजनिक

२०८२ भदौ ११

‘मेड इन इन्डिया’ इभी १०० भन्दा धेरै देशमा निर्यात हुने, ई-भिटारा मोदीले गरे सार्वजनिक
‘मेड इन इन्डिया’ इभी १०० भन्दा धेरै देशमा निर्यात हुने, ई-भिटारा मोदीले गरे सार्वजनिक

काठमाडौं। ‘मेड इन इन्डिया’ इभी १०० भन्दा धेरै देशमा निर्यात हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा रहेको मारुती सुजुकीको हन्सलपुर प्लान्टबाट उत्पादन भएको ई-भिटारा गाडीको फ्ल्याग अफ गरेका छन्।

Tata
GBIME
Nepal Life

मोदीले सुजुकी ई-भिटारा सार्वजनिकसँगै हाइब्रिड ब्याट्री इलेक्ट्रोडेस प्लान्ट पनि उद्घाटन गरेका छन्।

मोदीले प्लान्ट उद्घाटनलाई आत्मनिर्भरताका लागि भारतको एक विशेष दिन भनेका छन्।

प्लान्टमा उत्पादित ब्याट्री र विद्युतीय सवारीसाधन जर्मनी, नर्वे, फ्रान्स, डेनमार्क, नेदरल्यान्ड्स, स्वीडेन, हंगरी, आइसल्यान्ड, इटाली, अस्ट्रेलिया, बेल्जियम लगायत विश्वका १०० देशमा निर्यात गरिने कम्पनीले बताएको छ।

ई-भिटाराको पहिलो युनिट बेलायतमा निर्यात गर्ने भनिएको छ।

ई-भिटारा पहिलो पटक गत वर्ष युरोपमा लन्च गरिएको थियो। गत वर्ष भारतमा भएको भारत मोबिलिटी शोमा पनि राखिएको थियो। भदौ ३ देखि ७ सम्म भएको नाडा अटो शोमा पनि राखिएको थियो।

कम्पनीले ई-भिटारा ४० पीएल डेडिकेटेड इभी प्लेटफर्ममा निर्माण गरेको हो। सुजुकीले टोयोटासँग सहकार्य गरेको छ। टोयोटाले अर्बन क्रजर इभीमा पनि उत्पादन गर्नेछ।

ई-भिटारामा ४९ र ६१ किलोवाट आवर(युनिट) क्षमताका दुईवटा ब्याट्री उपलब्ध छ।