काठमाडौं । अध्यागमन विभागले केही दिनदेखि एउटा प्रयोजनमा भिसा लिएर अर्को गतिविधि गर्ने विदेशीहरु पर्यटकमाथि निगरानी बढाएको छ। त्यसै क्रममा विभागको टोलीले मंगलबार एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यकामा सडकमा धर्म प्रचार गर्दै हिँडेको अवस्था टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा अमेरिकी नागरिक डेनियन कर्नी रहेका छन्।
उनी बिजनेस भिसा लिएर नेपाल आएको देखिएको छ।
विभागको टोलीले केही दिनअघि ललितपुरमा वर्किङ र अध्यागमन भिसामा आएर धर्म प्रचारको काम गरिरहेका तीन इन्डोनेसिया महिलाहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई धर्म प्रचारको लागि वार्षिक संस्थाको नाममा विदेशबाट साढे २ करोड रुपैयाँ आएको खुलेको विभागले जानकारी दिएको छ।