BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंक चालु वर्षको प्राथमिकतामाथि छलफलमा, कोशीका कर्मचारीका लागि सेमिनार

२०८२ भदौ ९

सिटिजन्स बैंक चालु वर्षको प्राथमिकतामाथि छलफलमा, कोशीका कर्मचारीका लागि सेमिनार
सिटिजन्स बैंक चालु वर्षको प्राथमिकतामाथि छलफलमा, कोशीका कर्मचारीका लागि सेमिनार

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले कोशी प्रदेशका आफ्ना कर्मचारीको उपस्थितिमा सेमिनार गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक र अरु कर्मचारीको उपस्थितिमा ‘सेमिनार अन कोशी लिडरसिप : इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्सिलेन्स’ कार्यक्रम गरेको हो।

सेमिनारमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उपप्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थिति थियो।

सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकतामाथि छलफल गरेको बैंकले जनाएको छ। बैंकका अनुसार केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ।

बैंकले यसअघि मधेश र बागमती प्रदेशमा यस्तै प्रकारको सेमिनार गरेको थियो।