BIZMANDU
www.bizmandu.com

ई-स्पोर्ट्स टिम सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

२०८२ भदौ ८

ई-स्पोर्ट्स टिम सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना
ई-स्पोर्ट्स टिम सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

काठमाडौं। दुई दिने एसुस एण्ड रोग गेमिंग डेजको आयोजना भएको छ। आइतबार काठमाण्डौको पुतलीसडकस्थित आईटिटिआई स्टोर बाई नागमणि र गत साता शुक्रबार ललितपुरको लाबिम मल स्थित निओ गेमिंग स्टोर गरि दुई दिने कार्यक्रम आयोजना गरिएको हो।

Tata
GBIME
Nepal Life

कार्यक्रममा नेपालका सबैभन्दा चर्चित इ-स्पोर्ट्स टिममध्ये एक होर इस्पोर्ट्सका सीआर सेभेन होर भनेर चिनिने सन्जन गौतम खेलाडी विशेष अतिथिको रुपमा उपस्थित भएका थिए। नेपालमै सबैभन्दा धेरै पछ्याइने मध्यका एक गेमिंग इन्फ्लुएन्सर रहेका गौतमले सो अवसरमा एसुसका नयाँ प्रोडक्ट समेत सार्वजनिक गरेका थिए। सो अवसरमा उनका फ्यानहरुसंग भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो।

विश्वकै नम्बर वान गेमिङ ब्राण्डको रुपमा रहेको रिपब्लिक अफ गेमर्स (आरओजी) को घरको रुपमा रहेको एसुस नेपालले यो अवसरमा तीन नयाँ मोडलको गेमिङ ल्यापटप समेत सार्वजनिक गरेको छ । आरओजी स्ट्रिक्स जी सिक्सटिन, टफ गेमिंग एफ सिकस्टिन र एसुस गेमिंग भी सिक्सटिन गरी तिन नयाँ गेमिंग ल्यापटप आकर्षक मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछन्।

पब्जी मोबाइल वर्ल्ड कपमा विश्वकै नवौं स्थानमा पर्न सफल भैसकेको होर स्पोर्ट्सका खेलाडीहरुले दुई दिन अघि लाबिम बलमा पनि प्रोडक्ट सार्वजनिक गरेका थिए भने फ्यानहरुसंग भेटघाट समेत गरेका थिए।

होर स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपमा लगभग २ करोड पुरस्कार राशि हात पार्न सफल टिम हो।