काठमाडौं। बैंकिङ कसुरमा अदालतबाट सजाय तोकिएका सन्दिपराज काफ्ले पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले काफ्लेलाई भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत काठमाडौंले बैंकिङ कसुर लगायत १३ वटा मुद्दामा ७ करोड रुपैयाँभन्दा बढी जरिवाना तोकेको थियो। त्यस्तै तीन महिना कैद समेत सुनाएको थियो।
‘काफ्लेलाई जिल्ला अदालत काठमाडौंमा बुझाएर कारागार चलान गरिएको छ,’ ब्युरोका एसपी युवराज खड्काले भने।