काठमाडौं। शारडा ग्रुपको एसपीजी अटोमोबाइल्सले ओमोडा एण्ड जेकोको नयाँ गाडी भी-२३ नेपाल आइपुगेको छ।
गाडी नेपाली बजारमा नाइमा मोबिलिटी एक्स्पोमा नै राख्ने योजना थियो। तर केरुङ र तातोपानी नाकामा बाटोको समस्या भएपछि ढिलाइ भएको हो। गाडी शनिबार काठमाडौं ल्याइएको हो।
चीनमा आइकार ब्राण्डमा उपलब्ध भी-२३ लाइफस्टाइल एसयुभी हो। जुन अहिले भएको जेको जे-६ जस्तै छ। नयाँ जेको भी-२३ मा ५९.९३ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री छ। यसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिन्छ।

भी-२३ मा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर हुनेछ। ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको छ।
