BIZMANDU
www.bizmandu.com

२४ अर्बको निर्यातमा भटमास तेलको हिस्सा ४५ प्रतिशत, नेपालले धेरै बेचेका वस्तु कुन-कुन?

२०८२ भदौ ६

२४ अर्बको निर्यातमा भटमास तेलको हिस्सा ४५ प्रतिशत, नेपालले धेरै बेचेका वस्तु कुन-कुन?
२४ अर्बको निर्यातमा भटमास तेलको हिस्सा ४५ प्रतिशत, नेपालले धेरै बेचेका वस्तु कुन-कुन?

काठमाडौं। निर्यातमा भटमासको तेलले पहिलो स्थान कायमै राखेको छ।

Tata
GBIME
Nepal Life

साउनमा भएको २३ अर्ब ९३ करोड रुपैयाँको निर्यातमा करिब आधा हिस्सा अर्थात ४५ प्रतिशत भटमासको तेलले ओगटेको छ।

भटमासको तेल साउनमा १० अर्ब ६९ करोड ५८ लाख ४० हजार रुपैयाँको निर्यात भएको छ। भन्सार विभागका अनुसार भटमासको तेल ५ करोड ७८ लाख २३४ केजी निर्यात भएको हो।

निर्यात धेरै हुने वस्तुको दोस्रो नम्बरमा गलैंचा छ। ८२ करोड ५ लाख १७ हजार रुपैयाँको गलैंचा निर्यात भएको विभागको तथ्यांक छ।

यस्तै पाम आयल ६७ करोड १२ लाख ३८ हजार रुपैयाँको ३७ लाख ५६ हजार ३६५ लिटर र सूर्यमुखी तेल ६५ करोड १४ लाख ९८ हजार रुपैयाँको ३४ लाख ८९ हजार ९७६ लिटर निर्यात भएको छ।

फेल्टका सामान ५० करोड ९६ लाख ३२ हजार रुपैयाँको तथा अलैंची ३२ करोड १७ लाख ३१ हजारको निर्यात भएको तथ्यांक छ।

समग्रमा पोहोर साउनको तुलनामा यसपालि ९५. ७५ प्रतिशतले निर्यात बढेको छ।