BIZMANDU
www.bizmandu.com

प्रत्येक त्रैमासलाई जित्नुपर्छ भन्ने सोचाइले बैंकिङलाई कमजोर बनाएको छ, एनएमबि बैंकका सीइओको अन्तर्वार्ता

२०८२ भदौ ४

प्रत्येक त्रैमासलाई जित्नुपर्छ भन्ने सोचाइले बैंकिङलाई कमजोर बनाएको छ, एनएमबि बैंकका सीइओको अन्तर्वार्ता
प्रत्येक त्रैमासलाई जित्नुपर्छ भन्ने सोचाइले बैंकिङलाई कमजोर बनाएको छ, एनएमबि बैंकका सीइओको अन्तर्वार्ता

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएपछि गजब संयोग भयो, नेपाल राष्ट्र बैंकको नेतृत्वमा मात्रै परिवर्तन भएन, उसले लिने नीतिहरु नै फेरिए। जसको लाभ समग्र वित्तीय क्षेत्रसँगै एनएमबि बैंकले पनि पाएको छ। तर, बैंक तथा वित्तीय संस्था नाफा वा घाटामा जानु, कर्जा विस्तारको गति अपेक्षित हुनु/नहुनुमा जति नियामक केन्द्रीय बैंकका नीतिमा निर्भर छ, उत्ति नै निर्भरता सम्बद्ध वित्तीय संस्था व्यवस्थापनको नेतृत्वलाई जान्छ।

Tata
GBIME
Nepal Life

कोभिडको अर्को वर्षदेखि नै संकटमा परेको अर्थतन्त्र र वित्तीय क्षेत्र, पछिल्ला दिनमा सुधार हुँदै गएका छन्। एनएमबि बैंकले आरोह अवरोह देखेको छ। सीइओ घिमिरेलाई बिजमाण्डूका सम्पादक सुदर्शन सापकोटा र सहकर्मी आकाश बोगटीले सोधे– एनएमबि बैंकले केही ‘ग्याप’ पछि राम्रो वासलात सार्वजनिक गरेको छ। नाफामा ४८ प्रतिशतको वृद्धि छ। खराब कर्जा अनुपात म्यानेजेबल नै छ। डिभिडेन्ड पेआउट क्षमता नै डबल डिजिटमा गयो। यो राम्रो संकेतहरुसँगै तपाइँको पर्फर्मेन्सको पहिलो वर्ष सुरु भयो। कस्तो संयोगले तपाईलाई आउँदा आउँदै सपोर्ट गर्‍यो?

नाफामा आएको वृद्धि संयोगले मात्रै भएको होइन। बैंकलाई प्रगतिको बाटोमा अगाडि बढाउन हामीले धेरै कुराहरुलाई विचार गरेर काम गर्छौं। एनएमबि बैंकमा काम गर्ने सम्पूर्ण टिमको कलेक्टिभ एफर्ट्सको नतिजाले ग्रोथ भएको हो।  एनएमबि बैंकलाई यो लेभलमा ल्याउन विगतदेखि हामीले धेरै नै मेहनत गरेका छौं। बैंकले धेरै वर्ष अगाडिदेखि नै रेस्पोन्सिबल बैंकिङको एजेन्डा अगाडि सारेर काम गर्दै आइरहेको छ।  

हामीले बैंकिङ गर्दा नाफालाई मात्रै प्राथमितामा नराखेर पिपुल्स, प्लानेट र प्रोस्पेरिटी यी तीन वटै कुरालाई अँगाल्दै आफ्नो बैंकिङ क्रियाकलापलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता बोकेको छौं। ग्लोबल अलायन्स फर भ्यालुज अन बैंकिङ नामक इन्टरनेसनल अलायन्स छ, जसले पिपुल, प्लानेट र प्रोस्पेरिटीको वकालत गर्छ। त्यो अलायन्स फर बैंकिङ अन भ्यालुजको एनएमबि बैंक सदस्य पनि हो।

बैंकलाई यो बाटोमा अघि बढाउनको लागि मैले सीइओ हुनुभन्दा अगाडिदेखि पनि आफ्नो तर्फबाट योगदान गरेको छु। सीइओ भइसकेपछि पनि त्यो कुरोलाई निरन्तरता दिइरहेको छु। हामीले धेरै वटा प्यारामिटरमा फरक ढंगबाट अगाडि बढ्नुपर्छ भनेर मेहनत गर्दै जाँदा निष्क्रिय कर्जा (एनपीएल)को रिकभरीमा सुधार भएको छ।

एनपीएल सुधारको लागि पहिले भन्दा अलि बढी मेहेनत गत चैत १ गतेदेखि गर्‍यौं। त्यसले तेस्रो त्रैमासमा एनपीएल सुधार सहयोग गरेको थियो। वैशाख, जेठ र असार पुरै त्रैमासमा धेरै मेहेनत गरेपछि फरक ढंगको अवस्थामा पुग्न सफल भएको हौं। फी एण्ड कमिसनमा राम्रो ग्रोथ छ। ब्याज आम्दानीमा पनि एउटा लेभलमा ग्रोथ छ। यो समग्र हामीले गरेका प्रयासहरुको नतिजा हो।

तपाईले बैंकिङ नेतृत्व सम्हाल्दै गर्दा चुनौतीहरु धेरै थिए। एनपीएल लेभल बढिरहेको थियो। नयाँ गभर्नर आइसक्नुभएको थिएन। डिरेक्सन कता जान्छ भन्ने अनिश्चित थियो। सेन्ट्रल बैंकमा पनि नेतृत्व पायो। पोलिसीहरु अलिकति फ्लेक्जिबल भएर आए। तपाईले नेतृत्व लिँदै गर्दा कत्तिको चुनौती महसुस गर्नु भएको थियो?

विगत १६ वर्षदेखि म एनएमबि बैंकमा कार्यरत छु। काम गर्ने क्रममा सीइओ भएको हुँ। बैंकको वस्तुगत अवस्थासँग म जानकार नै थिएँ। मैले डेपुटी सीइओको रुपमा काम गर्दा बिजनेसको पोर्टफोलियो हेर्ने मौका पाएको थिएँ। त्यसअगाडि मैले प्रदेशहरुको बिजनेस, शाखाको बिजनेस धेरै वर्षदेखि हेर्ने मौका पाएको थिएँ। त्यसकारण सीइओ भइसकेपछि मेरा लागि सरप्राइजको रुपमा केही कुरा आएन।

तर, डेपुटी सीइओको आँखाले हेर्नेभन्दा सीइओको आँखाबाट हेर्दा डेपुटी सीइओको आँखाले हेर्ने ग्याप पाएँ। त्यस्ता ग्यापको पहिचान गरी समाधान दिने तरिकाहरु थोरै फरक पाएँ। चुनौती अझै पनि छन्। अघिल्लो त्रैमाससम्म मात्रै थियो भन्ने पनि होइन।

हाम्रो मुलुकमा म्याक्रो इकोनोमिक सिनारियोले माइक्रो सेक्टरहरुलाई सकारात्मक प्रभाव पार्नुपर्छ।  त्यहाँबाट अवसर बन्नुपर्छ।हामी बैंकिङ सेक्टर माइक्रो सेक्टरमा काम गर्न बढी आशा गर्छौं। तर कहिलेकाहीँ म्याक्रो लेभलले सही ढंगबाट परिणाम, आशातीत परिणाम नदिँदा केही चुनौतीहरुको अनुभूति भइरहेको छ।

अहिलेको चेन्जिङ पर्स्पेक्टिभमा, विशेषरुपमा सस्टेनेबल बैंकिङको एउटा एजेन्डा र डिजिटाइजेसनले ल्यान्डस्केपलाई डिस्ट्रप्ट गरिरहेको छ, त्यो चिजलाई जोडेर अलिकति फरक ढंगबाट विश्लेषण गर्दा नयाँ खालका चुनौती र नयाँ खालका सम्भावना पनि देखिन्छ।

पछिल्लो दुई-तीन वर्ष अर्थतन्त्रमा परेको समस्या हामी सबैले भोगेको कुरा हो। त्यसको असर एनएमबि बैंकमा पनि देखियो? सँगसँगै तुलनात्मक रुपमा डेटामा एनएमबिमा अलिकति कम असर परेको हामीले देख्यौँ। अघिल्लो सीइओले अब ठिकठाकै छोडेर जानुभएको रहेछ कि अलिकति गर्न सकेको भए त्यतिखेरै सम्हालिन सकिन्थ्यो?

अघिल्लो सीइओले आफ्नो तर्फबाट जे-जति योगदान गर्न सकिन्छ प्रोफेसनल हिसाबले धेरै नै राम्रा कामहरु गरेर जानुभएको छ। उहाँसँग मैले धेरै समय काम गरेँ। उहाँसँग मैले १६ वर्ष काम गरेको हो। उहाँले १७ वर्ष बैंकमा काम गर्दा उहाँसँग १६ वर्ष मैले पनि काम गर्ने मौका पाएँ।  मैले सिकेको, जानेको, बुझेको उहाँहरु सँगै काम गर्दा पाएको हो।  

मेरो हिसाबले उहाँहरु प्रोफेसनल सीइओ हो। आफ्नो क्षेत्रबाट जे-जति योगदान दिन सकिन्थ्यो, जे-जति सम्भव थियो, उहाँले एनएमबि बैंकको लागि दिएर जानुभएको हो। उहाँको हामी उच्च कदर गर्छौं। नयाँ लिडरसिप चेन्ज भइसकेपछि हामीले देख्न नसकेका कुराहरु फेरि फरक आँखाले हेर्दा नयाँ-नयाँ चिजहरु पनि देखिँदो रहेछ।

अहिलेको चेन्जिङ पर्स्पेक्टिभमा, अहिले विशेष रुपमा सस्टेनेबल बैंकिङको एउटा एजेन्डा र डिजिटाइजेसनले जुन बैंकिङको ल्यान्डस्केपलाई डिस्ट्रप्ट गरिरहेको छ, त्यो चिजलाई जोडेर अलिकति फरक ढंगबाट विश्लेषण गर्दा नयाँ खालका चुनौतीहरु र नयाँ खालका सम्भावनाहरु पनि देखिन्छ।

अब मैले विगतमा सम्पूर्ण समेट्न नसकेका, छुटेका केही कुराहरुलाई निरन्तरता दिएर अलिकति फरक ढंगबाट अगाडि बढाउने हो। विगतमा पनि राम्रै भएको हो र यसपछि पनि अब एनएमबि बैंक लगातार अगाडि बढ्दै जान्छ।

सेकेन्ड म्यान, थर्ड म्यान हुँदा तपाईले बाहिरको मान्छेलाई जवाफ दिनु पर्दैनथ्यो। रेगुलेटरलाई पनि फेस गर्नुपर्दैनथ्यो, त्यस हिसाबले विश्लेषण गर्दा तपाईको बैंकिङ करियरमा धेरै खालको उतारचढावहरु देख्नुभयो? हाम्रा बैंकरहरु, रेगुलेटरहरु, ऋणी, अन्य-अन्य पार्टीहरु, जो बैंकसँग डाइरेक्ट ठोकिनेछन् कहाँ बिगारेका रहेछन्?  हामीले पाँच-सात वर्षमा यस्तो खालको यो साइकल भोगिरहनुपर्ने?

हिजो एउटा छलफलको क्रममा तपाईले सोधेको कुरा राख्ने मौका पाएको थिएँ। हाम्रो बैंकर र व्यावसायिक क्षेत्रमा सर्ट टर्ममा तत्कालै केही गरिहालौँ भन्ने खालको बानी छ।  लङ टर्ममा सम्हालिएर जाँदा हामी छोटो-छोटो साइकलहरुको इम्प्याक्टमा पर्दैनौँ। त्यसमा हामी बैंकर पनि र व्यवसायि पनि चुकेका छौं।

कोभिडको पश्चात एकैचोटि तरलता थुप्रियो। त्यो बेलामा एग्रेसिभ भएर लोन दिएका नतिजाहरु पनि हामीले भोगेका छौँ। अहिले पनि त्यसको पेन सम्पूर्ण बैंकिङ जगतले पाइरहेको छ। अहिले ऋणीहरु अथवा व्यावसायिक क्षेत्रहरुमा तत्कालै एक किसिमको सहजता हुने नीतिहरु आइदियोस् र त्यसले तुरुन्तै केही न केही तत्कालिक लाभ भइदियोस् भन्ने माइन्डसेट देखिन्छ।

त्यसको समाधान के हो? अब हामीले लङ टर्म भिजन लिएर अगाडि बढ्नुपर्छ। तर, यो कति बेला सम्भव हुन्छ, जति बेला हामी बैंकिङ जगतले हामीबाट प्रवाहित कर्जाहरु रियल इकोनोमीमा सकारात्मक प्रभाव पर्ने किसिमबाट सम्पूर्ण लगानीलाई त्यसैगरी नै प्रवाह गरी त्यसलाई च्यानलाइज गरेर अगाडि बढ्यौँ भने त्यसले सकारात्मक प्रभाव दिन्छ।

विगतमा हामीले लामो समयसम्म तरलताको समस्या भोग्यौं। अहिलेको खराब कर्जाको समस्या भोगिरहेका छौँ। लङ टर्म भिजन लिएर अगाडि बढ्दा यस्ता चिजहरु हामीले भोग्नु पर्दैन जस्तो लाग्छ।

विगतबाट बैंकरहरुले पाठ सिकेको जस्तो देखिँदैन। गलत टाइममा गलत प्रेस्क्रिप्सन राष्ट्र बैंकको पनि, बैंकरहरुको पनि, ऋणीहरुलाई त यो दुइटाको चिजबाटै अगाडि बढ्ने भइहाल्यो, हैन?

तपाईको प्रश्न एकदमै सही छ। ओभरअल म्याक्रो इकोनोमीको हाम्रो बैंक तथा वित्तीय संस्थाहरुको पुँजी हेर्दा त्यसलाई चाहिने बिजनेस म्याक्रो इकोनोमिक परिस्थितिले क्रिएट गरिरहेको देखिँदैन।

चुनौतीका चाङ छन्। अहिले सर्भाइभलका लागि बैंकहरुबीच प्रतिष्पर्धा चलेको छ। जसले प्राइस वार चल्ने, बेस रेटभन्दा पनि तल गएर व्यवसाय गर्ने अवस्था सुरु भइसकेको छ। त्यस्तो गर्नु हुँदैन भन्ने मेरो मान्यता छ। एनएमबि बैंक कहिले पनि त्यस्तो गर्दैन्। विगतमा हामीले निक्षेपको प्रतिष्पर्धा गर्दा ब्याजदर १२/१३ प्रतिशत पुग्ने अवस्था देख्यौँ।

महँगो डिपोजिट लिएर त्यसलाई लगानीमा गर्नु पर्छ। महँगो लिएको डिपोजिट १४/१५ प्रतिशतमा ब्याजदरमा लगानी गर्दा त्यसले इन्डस्ट्रीहरुलाई, उत्पादनमूलक क्षेत्रलाई परेको असर पनि हामीले नै भोग्यौँ। हामी सम्हालिएर नगरेका क्रियाकलापले अस्वस्थ प्रतिष्पर्धाले सम्पूर्ण अर्थव्यवस्थामा सिर्जना गरेका अप्ठ्याराहरुलाई पनि बुझेर बैंकिङ क्षेत्रले रेस्पोन्सिबल बैंकिङको एजेन्डा क्यारी गर्नुपर्छ।

हामीले फाउन्डेसनमै सुधार गरेर जाँदा त्यो क्वार्टर टु क्वार्टर भन्ने विषयवस्तु नै रहँदैन। त्यो त आफैं मिलेर जान्छ। त्यसकारण समग्र फाउन्डेसनमै सुधार गर्दै जानुपर्छ।

चाँडचाँडो नाफा गरिहालौं, ग्रोथ गरिहालौं, राम्रो ब्यालेन्स सिट देखाइहालौं भन्दा भन्दै त्यो फोरकास्ट गर्ने क्यापासिटी कमजोर भएको हो?

अवश्य पनि हो। हाम्रो प्रत्येक त्रैमासलाई जित्नुपर्छ भन्ने सोचाइ छ। जुन सोच गलत हो। हामीले फाउन्डेसनमै सुधार गरेर जाँदा त्यो क्वार्टर टु क्वार्टर भन्ने विषयवस्तु नै रहँदैन। त्यो त आफैं मिलेर जान्छ। त्यसकारण समग्र फाउन्डेसनमै सुधार गर्दै जानुपर्छ। हाम्रा सम्पूर्ण प्यारामिटर्सहरु ग्रोथका ड्राइभर्स भइ सही ढंगबाट हामीले परिचालित गर्‍यौँ भने हाम्रो सफलता सम्भव हुन्छ।

अहिले हामीले भर्खरै पाँच-सात वर्षको संकटको कुरा गर्‍यौं।  अबको संकट कस्तो खालको होला। विगतबाट हामीले पाठ त सिक्दैनौँ, त्यही दोहोरिने हो कि अलि नयाँ खालको आउँछ?

अहिले प्रणालीमा पर्याप्त तरलता छ। रेमिटेन्सको फ्लो पनि राम्रो छ। यसले तरलताको संकट आगामी दुई वर्ष आउँदैन जस्तो मलाई लाग्छ। अहिले तत्काल देखिएको अप्ठ्यारो जुन हिसाबले उपभोग बढ्नुपर्ने थियो त्यो बढेको छैन। मागमा आएको कमीका कारण सम्पूर्ण व्यावसायिक क्षेत्रले रेगुलर एउटा ग्रोथ लिएर जानुपर्ने हुन्छ। त्यसमा केही समस्या छ।

अर्को, ब्याजदर धेरै नै तल आउदा पनि  कर्जाको माग बढ्न सकेको छैन। कर्जाको माग बढ्न नसक्नु नेपालमा ठूला-ठूला उद्योगहरु स्थापना हुन नसक्नु पनि एउटा कारण हो। प्राइभेट सेक्टर कन्फिडेन्समा अहिले पनि अलिकति काम गर्नुपर्छ जस्तो मलाइ लाग्छ। यसका लागि सरकारबाटै पहिलो पहलकदमी हुनुपर्छ। प्राइभेट सेक्टरमा अझै पनि कन्फिडेन्सको लेभलमा बढेको छैन् भन्ने देखिन्छ।

कन्फिडेन्स कस्तो रहेछ? बैंकले पैसा दिन्छु जति पनि छ लैजाउ, चलाउ भनेको छ। बैंकले ब्याज पनि म कम गर्दिन्छु भनेको छ। यत्रो पोलिसीहरु सुधार भइरहेका छन। यो कन्फिडेन्स, यो लिक्विडिटी, यो ब्याजदरको इस्यु हैन। यो ओभर फाइनान्सिङ भइसक्यो हाम्रो सिस्टममा भन्ने हो जस्तो लाग्दैन?

नयाँ उद्योगहरु आए भने त्यसले कम्पिटिटिभ एन्ड कम्परेटिभ एडभान्टेज दिन्छ। नयाँ क्षेत्रका उद्योगहरु स्थापना हुँदा त्यसले उद्योगहरु सस्टेन गरेर अर्थव्यवस्थामा सकारात्मक प्रभाव पार्छ। नेपालमा त्यस्ता उद्योगहरु चाहिन्छ। अहिले हामीकहाँ एउटा ट्रेन्ड चलेको छ। छिमेकी मुलुकसँगको भन्सारको दरहरुमा फेरबदल हुँदा त्यहाँ केही फाइदा भयो भने त्यहीँतिर आकर्षित भइहाल्ने, र अलिकति भ्यालु एडिसन अलिकति राम्रो हुने खालका उद्योगभन्दा पनि अलि छोटो-छोटो प्रोसेसिङ साइकल भएका उद्योगहरुमा बढी इन्क्लाइन भएको देखिन्छ।

त्यसले भ्यालु एडिसन कम हुँदा रोजगारी सिर्जना योगदान गर्दैन। त्यसले दीर्घकालीन इकोनोमीमा समेत योगदान गर्दैन। त्यसमा सुधार गर्दै जानुपर्छ। त्यसको लागि तत्काल नीतिगत सुधार आवश्यक छ। निजी क्षेत्रलाई सुरक्षाको व्यवस्था गरी छोटो-छोटो उनीहरुलाई हेर्ने दृष्टिकोणहरुमा परिवर्तन हुँदैन भन्ने सुरक्षा सरकारबाट गरिनु पर्छ । सानो-सानो कुरोहरुमा निजी क्षेत्रलाई इन्टरभेन्सन नगरी सरकारले फ्यासिलिटेटरको काम गर्नु पर्छ। निजी क्षेत्रलाई काम गर्न दिने र सिस्टम, अप्रोचहरु लिए ग्रोथ हुन्छ। पब्लिक सेक्टर लेड ग्रोथ नेपालमा तत्कालै सम्भव छैन।

आम्दानीले चालु खर्च धान्नलाई हम्मेहम्मे परेको अवस्थामा सरकारले पुँजीगत खर्च आफ्नो स्रोतबाट सुनिश्चित गर्न सक्ने अवस्था छैन। नेपालको विकास प्राइभेट सेक्टर लेड ग्रोथबाट मात्रै सम्भव छ। सरकारले नीजि क्षेत्रको मनोबल उकासेर सँगै अगाडि बढाएरै नेपालको विकास हुन्छ जस्तो मलाई लाग्छ।

निर्यात गर्न सकिन्छ भन्ने आसले फ्याक्ट्री बनाइएको छ। छिमेकी मुलुकले ट्यारिफ परिवर्तन गरिदिएको खण्डमा हामी कहाँबाट निर्यात हुने वस्तु प्राइस कम्पिटिटिभ नभएको कारणले निर्यात गर्न सम्भव हुँदैन।

निजी क्षेत्रले वातावरण नपाएको भन्दा पनि प्रोफेसनल हुनबाट चुकेको हैन र? अहिले पाम आयल अहिले रोकियो। व्यापार थियो र तपाईहरुले पनि एलसी खोल्नु भयो। तर, त्यसले भ्यालु एडिसन भएन?

तपाईले भन्नु भएको कुरामा सत्यता छ। हामीले बेलाबेलामा व्यवसाय गरिरहेकाहरुलाई सुझावहरु दिने गरेका छौं।नेपालमा त्यो फ्याक्ट्रीको क्षमता छ आन्तरिक मागको ६/७ गुणा बढीको क्यापासिटी छ।

निर्यात गर्न सकिन्छ भन्ने आसले फ्याक्ट्री बनाइएको छ। छिमेकी मुलुकले ट्यारिफ परिवर्तन गरिदिएको खण्डमा हामी कहाँबाट निर्यात हुने वस्तु प्राइस कम्पिटिटिभ नभएको कारणले निर्यात गर्न सम्भव हुँदैन।

फेरि त्यो फ्याक्ट्रीहरु बन्द हुने अथवा चाहिँ लो प्रोडक्सनमा चल्ने भन्ने किसिमको अवस्था हुन्छ। त्यसकारण हाम्रा उद्योगी व्यवसायीहरुले पनि नेपालले तुलनात्मक रुपमा लाभ लिन सक्ने क्षेत्रहरु पहिचान गरेर तिनै क्षेत्रमा स्केलमा जाने र तिनै क्षेत्रमा अलिकति इनोभेटिभ भएर प्राइस प्रिमियम पनि लिन सक्ने अवस्थामा जानुभयो भने हाम्रा उत्पादित वस्तुहरुले अन्य छिमेकी मुलुकबाट आयातित वस्तुको दाँजोमा प्राइस प्रिमियम पनि एडभान्टेज पाउन सक्ने सम्भावना हुन्छ। त्यसपछि प्रिफरेन्सियल ट्रेडिङको अपर्च्युनिटी पाउन सक्ने अवस्था हुन्छ। यो बाटोमा हिँड्नुपर्छ होला।

राष्ट्र बैंकले पुनर्तालिकीकरणलाई नियमित औजार जस्तो बनाएको छ। घरजग्गा र सेयर उकालो लाग्यो भने अर्थतन्त्र त्यसै चलायमान हुन्छ भने जसरी उसले आफ्नो नीतिहरुलाई त्यसरी अगाडि बढाइरहेको छ। बैंकरहरु पनि अब जग्गामा पैसा डुबेको छ, त्यो पैसा बाहिर आयो भने इकोनोमी त एकदम स्मूथ भइहाल्छ, निस्किहाल्छ भन्छन। हाम्रो नियामकीय सोचको दायरा, अनि बैंकरहरुको पनि अभ्यास, हाम्रो सीमा यति हो?

यसमा विस्तारै सुधार भइरहेको छ। अब मैले हेर्दा पछिल्लो समयमा नियामकीय क्षेत्रबाट भएको अन्तरक्रियामा बैंकिङ क्षेत्रको समस्याहरु बुझ्ने पहलकदमीहरुलाई मैले सकारात्मक रुपमा लिएको छु। हाम्रो दायरा कम भयो अथवा साँघुरो भयो  यसलाई विस्तार गर्नुपर्छ भन्नेमा हाम्रो अध्ययन, अध्यापन, रिसर्चको दायरा साँघुरो नै छ।

हाम्रो बैंकिङ क्षेत्रगत रिसर्चहरु जुन इन्टेन्सिभ लेभलमा गर्नुपर्ने प्रयास पनि राम्रोसँग ढंगबाट भइरहेको छैन। डेटाको इस्यु अहिले पनि एउटा लिमिटेसन छ। यस्ता चुनौती छन्। अहिले घरजग्गा चलायमान हुँदा हाम्रो अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने कुरो वास्तविकता हो। नेपालीहरुको घरजग्गाप्रति परम्पराकालदेखि नै संस्कृतिको कारणले होस् चाहे सामाजिक संरचनाको कारणले एउटा लगाव छ।

जुन किसिमको जोडिएको सामाजिक एउटा परिवेश छ, त्यसले गर्दा जग्गा क्षेत्रमा आएका अलिकति आकर्षण र अलिकति त्यसमा चलायमान हुँदा बैंकिङ क्षेत्रले सहजता महसुस गर्छ नै। अहिले अलिकति एनपीए गैर बैंकिङ सम्पत्ति बढेर भएको छ। नन-बैंकिङ एसेट्स बढ्दै जाँदा हामीले रेगुलेटरी प्रोभिजन पनि लिनुपर्ने भएको छ।

अलिकति घरजग्गा चलायमान भएर एनपीएहरु सेल गर्न सकेको खण्डमा त्यो डाइरेक्ट एसेट्सबाट निस्किएको पैसालाई पुनः हामीले सिस्टममा ल्याउँदा त त्यसले पनि नाफाको अर्को बाटो, एभेन्युज हामीलाई खोल्छ। तर, सधैंभरि यसमा भर पर्नु भने हुँदैन।

व्यापार घाटाले गर्दा विगतमा हामीले धेरै समस्याहरु भोगेका छौं। हाम्रो व्यापार घाटा भारतसँग सबैभन्दा बढी छ। यी चुनौतीले गर्दा बेलाबखतमा सही दिशाबाट अघि बढ्न नसकेको कुरो छताछुल्ल नै छ।

यो साइकलमा हामी २० वर्षदेखि देखिरहेका छौं नि?

पक्कै पनि यो साइकल लामो भयो। सधैंभरि घरजग्गा क्षेत्रको ग्रोथले मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने कुरा तत्कालिन मात्रै हो।यसलाई अल्पकालको लागि चलायमान हुँदा हुने फाइदाहरु ठिकै होला तर दीर्घकालमा प्राणाली र भविष्य यही हो भन्नेर जानु हुँदैन। हामी रियल इकोनोमीमै हाम्रो सम्पूर्ण पुँजी परिचालन गरी लगानी च्यानलाइज गरेर त्यहीँबाट नै हाम्रो चाहिँ अर्थव्यवस्थाको आगामी दिशा कोर्नुपर्छ होला जस्तो मलाई लाग्छ।

त्यो राष्ट्र बैंकको मौद्रिक नीतिमा पनि देखिएन। र, तपाइँहरुले दिने सुझावहरु पनि देखिएन नि?

नियामकीय निकायबाट निर्देशित भएका क्षेत्रहरु हेर्दा हाइड्रोपावरले नेपालको अर्थतन्त्रले योगदान गरेको छ। त्यसमा कुल लगानीको केही लगानी हुनुपर्छ भनिएको छ। कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा २३/२४ प्रतिशत योगदान पुर्‍याएको छ। त्यसमा पनि बैंक तथा वित्तीय संस्थाहरुले लगानीको केही प्रतिशत लगानी गरेका छन्। अर्थतन्त्रको ब्याक बोनको रुपमा रहेका साना तथा मझौला क्षेत्रमा लगानी हुनुपर्छ भनिएको छ। निर्देशित कर्जाको रुपमा रहेका यी चिज सकारात्मक छन्।

त्यसभित्र पनि एउटा छुटेको उद्योग देखिन्छ। ट्रेडिङको कम्पोनेन्ट कम भएर उद्योगको कम्पोनेन्ट बढी हुने मेकानिजमको विकास गर्न पाएको भए कर्जा परिचालित हुन्थ्यो। अहिले बैंकिङ क्षेत्रको लगानी ट्रेडिङ व्यवसायमा बढी नै केन्द्रित छ।

नेपालमा उद्योग संख्यात्मक हिसाबमा कम छन्। ट्रेडिङतिर अलिकति कम र उद्योगतिर अलिकति बढी लगानी गर्ने नियामकीय अप्रोच लिँदा त्यसले उद्योग क्षेत्रतिर कर्जाको प्रवाह भइ समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने थियो।

एनएमबिले लिडरसिप लिएर होङ्शी सिमेन्ट लिएर आयो। त्यसपछि सिमेन्टमा लहर चल्यो। अरु इन्डस्ट्री, नेपालकै इन्डस्ट्रीहरु धेरै आए। बिच-बिचमा गर्न नखोजेको भए पनि फेरि दोहोरिइहाल्ने के छ?

व्यापार घाटाले गर्दा विगतमा हामीले धेरै समस्याहरु भोगेका छौं। हाम्रो व्यापार घाटा भारतसँग सबैभन्दा बढी छ। यी चुनौतीले गर्दा बेलाबखतमा सही दिशाबाट अघि बढ्न नसकेको कुरो छताछुल्ल नै छ। यो विषयमा धेरै नै छलफलमा पनि भइसकेको छन्। चाहे नियामकीय निकाय होस्, चाहे नेपाल सरकारदेखि लिएर सबैले यो कुरो बुझिसकेको अवस्था छ। हाम्रा नीतिगत निर्णयहरुलाई कार्यान्वयनको तहसम्म लिएर जाँदा त्यहाँ अलिकति अझै पनि हामी लाग्नुपर्ने जस्तो देखिन्छ।

समग्र रुपमा पछिल्ला दिनहरुमा नीतिगत रुपमा एक चरण सुधार भयो। त्यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्ने हुन्छ। अब बाँकी हामीले आइडेन्टिफाइ गरेर सल्भ गर्दै गयौँ भने सुनौलो भविष्यतिर हामी अगाडि बढ्न सकिन्छ।

अझै पनि लगानीका क्षेत्रमा हामीले हाम्रो सम्पूर्ण बैंकहरुबाट प्रभावित हुने कर्जाहरुले कुनै न कुनै रुपमा अर्थतन्त्रमा योगदान गर्नै पर्छ भन्ने मानसिकताबाट हामी लाग्यौँ भने एकदमै राम्रो परिणाम आउँछ

तपाई इन्डस्ट्रीको नयाँ सीइओ, विगतमा अब नयाँहरुले पनि पुरानै ट्रेन्ड पछ्याए। विगतमा नयाँ सीइओ भएका उहाँहरुले पुरानै ट्रेन्ड पछ्याए। अब तपाईले करियर थाल्दा र अहिलेसम्म आउँदा पनि बैंकिङमा तात्विक फरक छैन। अलिकति आईटीमा अगाडि बढ्यौँ होला? आईटी सेक्टरमा अलिअलि भयो, जुन बैंकिङ कल्चर छ बाँकी पुरानी शैली छ हैन?

मैले १९९५ मा बैंकिङ सुरु गरे। २०१३/२०१४ सम्ममा बैंकिङ सेक्टर कन्भेन्सनल प्याटर्नमा चलिरहेको थियो। त्यसपछि बैंकिङ अप्रोचमा फेरियो। ग्राहकको आनीबानी आएको परिवर्तनले पनि चेन्ज भएको छ। जस्तै ग्राहकले बैंकसँग गर्ने अपेक्षा, चाहना परिवर्तन भएको छ। ग्राहकलाइ हामीले दिने सेवामा पनि धेरै नै परिवर्तन भएको छ।

मैले बैंकिङ गर्दा बैंकको शाखा प्रमुखको रुपमा काम गरेको छु। त्यो बेला ग्राहकहरुले बैंकसँग चाहने, आशा गर्ने कुरोहरु भन्दा पछिल्लो समयका अहिले अझै युवाहरुले चाहने कुरो त धेरै नै परिवर्तन भएको छ। अहिले ग्राहकले तत्काल सेवा सुविधा खोज्नुहुन्छ। यसले ग्राहकको अपेक्षा र व्यवसायमा चुनौती सृजना गरेको छ। त्यसलाई सम्बोधन गर्ने हिसाबले बिस्तारै बैंकिङ क्षेत्र परिवर्तन भएर गएको छ।

बैंकिङ सेवामूलक क्षेत्र हो। हामीले नियामकिय प्रोभिजनहरुलाई पनि पुरा गरेर जानुपर्ने हुन्छ। हाम्रो आफ्नै पनि आन्तरिक नीति नियम हुन्छन्। दिगो बैंकिङको क्षेत्रमा क्लाइमेट चेन्जले सिर्जना गरेका चुनौतीहरुको क्षेत्रमा र डिजिटाइजेसनले क्रिएट गरेका बैंकिङ ल्यान्डस्केपमा क्रिएट गरेका डिस्रप्सनको हिसाबले धेरै ठूलो परिवर्तनहरु भइरहेको छन्।

पहिले हामीसँग एउटा कोर बैंकिङ हुन्थ्यो। आज त एउटा कोर बैंकिङको दाँजोमा सयौँ वटा सराउन्डिङ सिस्टमहरु राखेर कस्टमरलाई सर्भ गरेर जानुपर्ने अवस्था छ। मोबाइल बैंकिङले दिएका परिणामहरु हेर्दा भुक्त्तानीमा नेपालले नै गरेका पछिल्लो समयमा गरेका उपलब्धि हासिल गरेको छ। क्यूआर पेमेन्टको भुक्त्तानी हेर्दा एउटा लेभलको परिवर्तन भएकै छ।

अझै पनि लगानीका क्षेत्रमा हामीले हाम्रो सम्पूर्ण बैंकहरुबाट प्रभावित हुने कर्जाहरुले कुनै न कुनै रुपमा अर्थतन्त्रमा योगदान गर्नै पर्छ भन्ने मानसिकताबाट हामी लाग्यौँ भने एकदमै राम्रो परिणाम आउँछ जस्तो लाग्छ मलाई।

त्यो चिजमा अनुशासन बैंकिङको र जिम्मेवार बैंकिङको एउटा अप्रोचको अहिले पनि कताकता खाँचो छ। अबको अनुशासित हुने बैंकिङ क्षेत्रले पनि हो। हामीले पनि सधैंभरि अरुलाई दोष दिएर पुग्दैन। विगतमा हामीले पनि सानातिना गल्तीहरु गरेकै हो।विगतमा ऋण लगानीमा जथावाभि एग्रेसिभ हुनु भयौं। अलिकति स्पेकुलेटिभ क्षेत्रमा बैंकिङ क्षेत्रले लगानी गरेको हो। तर अब त्यसबाट पाठ सिक्नुपर्छ।

बैंकिङले अर्थतन्त्रमा योगदान गर्नुपर्छ। हामी नाफामा मात्रै केन्द्रित हुने भन्ने मात्रै मोटिभबाट ओरिएन्टेसनबाट मात्रै गाइडेड हुनु हुँदैन भन्ने लिगेसी एनएमबिभित्र क्रिएट छ।

एनएमबि बैंकमा यसअघि सीइओ उपेन्द्र पौडेलले त्यो बेला कर्पोरेटको सिजन थियो, कर्पोरेट बैंकिङ गर्नुहुन्थ्यो। त्यसपछि सुनिल केसीले त्यसमा अलिकति फ्युजन गर्नुभयो। अलिकति दूरदराजतिर पनि जानुपर्छ भन्नुभयो। एफडीआईतिर पनि काम गर्नुपर्छ भनेर बैंकिङ गर्नुभयो। उहाँहरुको त्यो ट्रेडमार्क थियो। तपाईंको ट्रेडमार्क के हुन्छ?

म आफूलाई भाग्यमानी ठान्छु। मभन्दा अगाडिको दुई जना सीइओसँग मैले काम गर्ने मौका पाएँ। मैले उहाँहरुसँग काम गर्दै गर्दा धेरै सिक्न मौका मिल्यो। उहाँहरुले एनएमबि बैंकलाई जेन्युन हिसाबले बैंकिङ गर्नुपर्छ प्राक्टिस दिएर जानुभएको छ। अल्पकालीन अवधिको कुनै तत्कालिक रिजल्टको लागि मात्रै बैंकिङ गरिँदैन।

बैंकिङले अर्थतन्त्रमा योगदान गर्नुपर्छ। हामी नाफामा मात्रै केन्द्रित हुने भन्ने मात्रै मोटिभबाट ओरिएन्टेसनबाट मात्रै गाइडेड हुनु हुँदैन भन्ने लिगेसी एनएमबिभित्र क्रिएट छ।  त्यसलाई क्यारी गर्ने मौका पाएको छु। कुनै खासै यस्तै ट्रेडमार्क लिएर जानुपर्छ भन्ने मेरो सोचाइ छैन। तर आफूले गर्ने प्रत्येक दिनको कार्यले मेरो संस्थालाई सकारात्मक लाभ हुनुपर्छ।

हाम्रो संस्था प्रोग्रेसिभ, एउटा डिफरेन्ट आइडेन्टिटी बनाएर अगाडि बढ्नुपर्छ भन्ने मान्यता हो। आगामी दिनमा मैले लिने आधारहरु भनेको सस्टेनेबल बैंकिङको मूलभूत एजेन्डालाई हामी क्यारी गर्छौं। अहिले क्लाइमेट चेन्जको ब्याटल छ, यो ब्याटलमा एनएमबि बैंकले एउटा लेभलको योगदान गर्नुपर्छ भन्ने मान्यता छ।

हामीलाई देशभित्र र देश बाहिरका विभिन्न डीएफआईदेखि लिएर हाम्रा विदेशी साझेदार मित्रहरुले एनएमबि बैंकलाई धेरै नै पत्याउनु पनि भएको छ, विश्वास गर्नुहुन्छ। उहाँहरुले एनएमबि बैंक नेपालमा कुनै पनि किसिमको काम गर्दा उहाँहरुलाई कुनै एउटा पार्टनरसिपको खाँचो भयो भने त्यो रियल ढंगबाट उहाँहरुलाई पनि सहयोग गर्ने, उहाँहरुलाई पनि एउटा सही किसिमको सल्लाह सुझाव दिने र उहाँहरुको उद्देश्यलाई पनि क्यारी गरेर जान सक्ने बैंक भनेको एनएमबि बैंक हो भन्ने कुरो उहाँहरुले बुझ्नुभएको छ।

र त्यसैले हामीले धेरै नै उहाँहरुबाट जहिले पनि एउटा चाहिँ महत्त्वपूर्ण एउटा एटेन्सन चाहिँ हामीले चाहिँ पाएको छौँ। अब उहाँहरुलाई पनि सँगै लिएर हामीले देशमा, हाम्रो अर्थतन्त्रमा योगदान हुने किसिमले कस्ता कार्य गर्न सकिन्छ भनेर त्यसको खोजी गर्ने र त्यसको कार्यान्वयन गर्ने अर्को एउटा मेरो प्रयास रहनेछ। बैंकले अर्थतन्त्रमा योगदान गर्नै पर्छ। हामी जे पनि गर्छौं, हामीले गर्ने कार्यहरुले मुलुकले सकारात्मक लाभ लिन सक्नुपर्छ।

यो तीन-चार वटा कुरोहरु नै मूल मन्त्रको हिसाबमा हुनेछ। हाम्रो स्टाफहरुलाई हामीले एउटा लेभलको प्रोफेसनल कल्चरमा ढाल्छौँ, ढाल्दै पनि छौँ, ढालिएर आएका पनि हुन्। र आगामी दिनमा अझै त्यो प्रोफेसनलिज्मभित्र पनि अलिकति अल्ट्रा प्रोफेसनलिज्म भन्ने गरेको छु। त्यो एउटा लेभलको रियल प्रोफेसनलिज्म त्यसलाई भन्दा, वास्तविक एउटा व्यवसायिकता पनि क्यारी गर्नुपर्छ।

हामीले कर्मचारीलाई एउटा वेल-पलिस्ड एउटा अप्रोचमा एउटा बैंकर, रियल बैंकर बनाएर लिएर जाने, हाम्रा ब्यालेन्स सिटहरुलाई एउटा लेभलमा मेन्टेन गरेर हाम्रो सेयरधनीको भ्यालु म्याक्सिमाइजेसनको काम गर्ने, र मैले अहिले जे पनि हामीले गर्दा हामीले भ्यालु क्रिएसन गर्ने काममा हामी लाग्छौं।