BIZMANDU
www.bizmandu.com

इन्टेलमा १० प्रतिशत लगानी गर्ने तयारीमा ट्रम्प प्रशासन, ‘अनुदानको बदलामा इक्विटी लिन सकिन्छ’

२०८२ भदौ ४

इन्टेलमा १० प्रतिशत लगानी गर्ने तयारीमा ट्रम्प प्रशासन, ‘अनुदानको बदलामा इक्विटी लिन सकिन्छ’
इन्टेलमा १० प्रतिशत लगानी गर्ने तयारीमा ट्रम्प प्रशासन, ‘अनुदानको बदलामा इक्विटी लिन सकिन्छ’

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी चिप कम्पनी इन्टेलमा सरकारको १० प्रतिशत लगानी गर्ने तयारी गरेको छ। ह्वाइट हाउसले मंगलबार यसको पुष्टि गरेको छ

Tata
GBIME
Nepal Life

ह्वाइट हाउसकी प्रेस सचिव कारोलीन लिभिटले राष्ट्रपतिको चाहना अमेरिकाको आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्ने भएको भन्दै राष्ट्रिय सुरक्षा र आर्थिक दृष्टिकोण दुवै पक्षबाट यसलाई हेरिने बताइन्।

यस सम्भावित सम्झौतामा सरकारले दिने अनुदानको सट्टामा इन्टेलको सेयर लिन सक्ने बताइएको छ। अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकका अनुसार यसरी सरकारले इन्टेलमा प्रत्यक्ष हिस्सा लिन सक्नेछ।

लुटनिकले मंगलबार भने, ‘हामीले दिने पैसाको बदलामा इक्विटी पाउनुपर्छ। अनुदान मात्रै दिनुभन्दा सेयर लिनु उचित हुन्छ।’

इन्टेलले अहिले प्रतिद्वन्द्वी कम्पनीहरु एनभिडिया, सामसङ र टीएसएमसीसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) चिप बजार तीव्र रुपमा बढिरहेको अवस्थामा यो कदम इन्टेललाई ठूलो सहयोग हुनसक्ने अनुमान गरिएको छ। इन्टेलले प्रत्यक्ष रुपमा यसबारे हालसम्म कुनै टिप्पणी गरेको छैन।

गत हप्ता यसबारे पहिलो रिपोर्ट आएको थियो। त्यसबेला ह्वाइट हाउस प्रवक्ताले आधिकारिक घोषणा नभएसम्म यस्ता समाचारलाई अनुमान मात्र मान्नुपर्ने बताएकि थिइन्। इन्टेलले पनि प्रत्यक्ष प्रतिक्रिया नदिई राष्ट्रपति ट्रम्पको पहललाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो।

यस सम्झौताले ओहायो राज्यमा इन्टेलको प्रमुख उत्पादन केन्द्र स्थापना गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

सोमबार जापानी लगानी समूह सफ्टबैंकले इन्टेलमा २ अर्ब डलर बराबरको सेयर खरिद गर्ने घोषणा गरेको थियो। यस घोषणापछि मंगलबार न्यूयोर्कमा इन्टेलको सेयर मूल्य करिब ७ प्रतिशतले बढेको थियो।