BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकबाट अवकाश पाएको दुई महिनापछि घिमिरेले पाए नयाँ जागिर, अर्थमन्त्रीले बनाए कोषको अध्यक्ष

२०८२ भदौ २

राष्ट्र बैंकबाट अवकाश पाएको दुई महिनापछि घिमिरेले पाए नयाँ जागिर, अर्थमन्त्रीले बनाए कोषको अध्यक्ष
राष्ट्र बैंकबाट अवकाश पाएको दुई महिनापछि घिमिरेले पाए नयाँ जागिर, अर्थमन्त्रीले बनाए कोषको अध्यक्ष

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरेलाई नियुक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

मन्त्री पौडेलले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका घिमिरेलाई नागरिक लगानी कोषको अध्यक्ष बनाएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल र एमपीए गरेका घिमिरेले राष्ट्र बैंकमा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत विभागमा रहेर काम गरेका थिए। उनले गत जेठमा अवकाश पाएका थिए।