काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिन आएका भनिएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपालमा म्याराथन शैलीमा राजनीतिक भेटवार्ता गरेका छन्।
आइतबार बिहान १० नबज्दै काठमाडौं आइपुगेका मिश्री लगत्तै राजनीतिक भेटभाटमा व्यस्त भएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणालाई सिंहदरबार पुगेर भेटेका छन्।
मिश्री ओलीसँगको भेटवार्तामा कुटनीतिक शिष्टतालाई बेवास्ता गर्दै प्रस्तुत भएको तस्वीर सार्वजनिक भएको छ।

मिश्रीले परराष्ट्रमन्त्री राणालाई परराष्ट्र मन्त्रालयमा भेटेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर भेटेका मिश्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठ र माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटार पुगेर भेटवार्ता गरेका छन्।


भेटवार्ता दुई देशको आपसी हितका विषयमा केन्द्रित रहेको भनिएको छ। मिश्री सोमबार बिहान स्वदेश फर्किने तालिका छ।