BIZMANDU
www.bizmandu.com

लिपमोटर बी-१० बोकेको क्यारियर चीनबाट नेपालतर्फ प्रस्थान, छिट्टै डेलिभरी सुरु हुने

२०८२ भदौ १

लिपमोटर बी-१० बोकेको क्यारियर चीनबाट नेपालतर्फ प्रस्थान, छिट्टै डेलिभरी सुरु हुने
लिपमोटर बी-१० बोकेको क्यारियर चीनबाट नेपालतर्फ प्रस्थान, छिट्टै डेलिभरी सुरु हुने

काठमाडौं। नेपालमा लामो समयदेखि प्रतिक्षित लिपमोटर बी-१० को डेलिभरी छिट्टै सुरु हुने भएको छ। नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सांग्रिला मोटर्सले बी-१० औपचारिक रूपमा चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको जनाएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सकारात्मक प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि लिपमोटर बी १० का अर्डर पूरा गर्न लागिएको कम्पनीले बताएको छ।

यो गाडीमा १६० किलोवाटको पावरफुल रियर-ह्विल ड्राइभ मोटर छ। जसलाई ६७.१ किलोवाटको ब्याट्रीले पावर दिनेछ। यसलाई एक पटक चार्ज गर्दा ६०० किमीसम्मको रेञ्ज दिने कम्पनीको दाबी छ।

आरामदायी र व्यावहारिक दुवै उद्देश्यका लागि निर्माण गरिएको यो मोडेलको ग्राउन्ड क्लियरेन्स १८० मिमी छ। यसमा १४.६ इन्च २.५ के एचडी टचस्क्रिन, ३६०-डिग्री क्यामेरा रेकर्डिङ सुविधा तथा हिटिङ र भेन्टिलेसनसहितको प्रिमियम लेदर सिट छ। यो मोडेलमा यस सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफ उपलब्ध छ।

‘बी-१० ले अत्याधुनिक विद्युतीय सवारी साधन प्रविधिलाई प्रिमियम आरामसँग संयोजन गर्ने कुरामा लिपमोटरको ध्यान प्रतिबिम्बित गर्दछ, जसले गर्दा यो नेपाली इभी प्रेमीहरूका लागि एक उत्कृष्ट विकल्प हो,’ कम्पनीले विज्ञप्तिमा भनेको छ।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले लिपमोटर बी-१० ले चीनबाट नेपालतर्फ आफ्नो यात्रा सुरु गरेको जानकारी दिन पाउँदा खुसी लागेको बताए।

उनले भने, ‘यसको असाधारण रेञ्ज, उन्नत सुविधाहरू र प्रिमियम डिजाइनसहित, हामी विश्वास गर्छौं कि बी-१० ले नेपालमा इलेक्ट्रिक गाडी जगतमा नयाँ मापदण्ड सेट गर्नेछ। हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूको ड्राईभिङ अनुभवलाई पुनःपरिभाषित गर्नेछ।’