BIZMANDU
www.bizmandu.com

विद्युत् प्राधिकरणले सरकारसँग लिएको ५ अर्ब अल्पकालीन ऋण केमा भइरहेको छ प्रयोग?

२०८२ भदौ १

विद्युत् प्राधिकरणले सरकारसँग लिएको ५ अर्ब अल्पकालीन ऋण केमा भइरहेको छ प्रयोग?
विद्युत् प्राधिकरणले सरकारसँग लिएको ५ अर्ब अल्पकालीन ऋण केमा भइरहेको छ प्रयोग?


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नगद अभावका कारण ५ अर्ब रूपैयाँ अल्पकालीन ऋण लिएको बताएका छन्।

GBIME
Tata

शाक्यका अनुसार आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृति भएर आएको छ। उक्त ऋण विभिन्न परियोजना तथा बाँकी भुक्तानीका लागि प्रयोग भइरहेको उनले जानकारी दिए। सरकारले ५.३८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो।

यस्तै, प्राधिकरणले आगामी आर्थिक वर्षका लागि थप ५ अर्ब अल्पकालीन ऋणका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको छ।

‘एकातर्फ नगद अभाव छ। अर्कोतर्फ विद्युतीकरणदेखि क्षमता अभिवृद्धिको काम गर्नुपर्ने छ,’ शाक्यले भने, ‘यस्तो अवस्थामा हामीले ऋण लिनै पर्ने भयो। त्यसलै ऋण लिएका हौं।’