BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउने क्रम रोकिएन, ८ वटाले घटाए, १२ वटाको यथावत

२०८२ भदौ १

वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउने क्रम रोकिएन, ८ वटाले घटाए, १२ वटाको यथावत
वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउने क्रम रोकिएन, ८ वटाले घटाए, १२ वटाको यथावत

काठमाडौं। वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाउने क्रमलाई फेरि निरन्तरता दिएका छन्। आठवटा वाणिज्य बैंकले भदौ महिनाका लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

Tata
GBIME
Nepal Life

१२ वटा वाणिज्य बैंकले भने साउनकै ब्याजदरलाई यथावत राखेका छन्।

भदौ महिनाका लागि स्टान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर १.१३ प्रतिशत विन्दुले घटाएको छ।

त्यसैगरी, कृषि विकास बैंकले ०.२०, सानिमा बैंकले ०.४३, सिद्धार्थले ०.२५, कुमारीले ०.२०, लक्ष्मी सनराइजले ०.५०, एभरेष्टले ०.५० र नेपाल एसबिआइ बैंकले ०.१० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदर

बैंकहरु२०८२ असार२०८२ साउन२०८२ भदौ
नबिल५.७५५.५५.५
नेपाल इन्भेष्टमेन्ट मेगा५.५५.२५५.२५
माछापुच्छ्रे
हिमालयन६.२५
नेपाल एसबिआई५.५५.३५५.२५
एभरेष्ट६.५५६.२५५.७५
एनआईसी एसिया६.५५६.२५६.२५
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२६५.१३
लक्ष्मी सनराइज५.७५५.५
कुमारी५.५१५.४१५.२१
सिद्धार्थ५.७५५.७५५.५०
सानिमा६.३३६.१८५.७५
एनएमबि
प्रभु६.१५.३५५.३५
ग्लोबल आइएमई
सिटिजन५.६५५.५५.५
प्राइम कमर्सियल६.२५
कृषि विकास५.४५५.४५.२०
नेपाल बैंक५.४५५.४५.४
राष्ट्रिय वाणिज्य बैंक५.५५.५
स्रोत: बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको रिपोर्ट