BIZMANDU
www.bizmandu.com

दुग्ध विकास संस्थानमा महाप्रबन्धक पदका लागि दरखास्त माग, के चाहिन्छ योग्यता?

२०८२ भदौ १

दुग्ध विकास संस्थानमा महाप्रबन्धक पदका लागि दरखास्त माग, के चाहिन्छ योग्यता?
दुग्ध विकास संस्थानमा महाप्रबन्धक पदका लागि दरखास्त माग, के चाहिन्छ योग्यता?

काठमाडौं। दुग्ध विकास संस्थानमा महाप्रबन्धक पदका लागि दरखास्त खुलेको छ। खुला प्रतिष्पर्धाबाट नियुक्त गरिने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सूचना प्रकाशित गरेको हो।

Tata
GBIME
Nepal Life

आवेदन दिनका लागि २१ दिनको समयावधि तोकिएको छ। संस्थान महाप्रबन्धक पदका लागि आउने दरखास्तमा पदपूर्ति समितिले अन्तर्वार्तापछि सिफारिस गरेको नामबाट नियुक्ति सरकारले गर्दै आएको छ।

महाप्रबन्धक पदका लागि इच्छुकले उम्मेदवारले गोप्य सिलबन्दी आवेदन दिनुपर्छ। शैक्षिक योग्यताका हकमा प्रशासन, व्यवस्थापन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ। उमेर ३० पुरा भइ ६० ननाघेको हुनुपर्छ। शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपीसँगै दरखास्त दिँदा ५ हजार शब्दको व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्छ।

संस्थान व्यवस्थापनको जिम्मेवारी भएकाले छनोटका लागि गरिने मूल्यांकनमा व्यावसायिक कार्ययोजनालाई विशेष महत्त्व दिइएको छ। कार्ययोजना तयारी र प्रस्तुतिलाई छनोट समितिले विशेष मानेको छ।

छनोटका लागि मूल्यांकनमा शैक्षिक योग्यतालाई ३०, अनुभवलाई ५, व्यावसायिक कार्ययोजनालाई २०, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मूल्यांकनमा २५ र अन्तर्वार्तामा २० अंक दिने व्यवस्था छ।