BIZMANDU
www.bizmandu.com

निर्जीवन बीमा कम्पनीको खुद नाफा ४ अर्ब १६ करोड, २८.९२ प्रतिशतले गिरावट

२०८२ साउन ३०

निर्जीवन बीमा कम्पनीको खुद नाफा ४ अर्ब १६ करोड, २८.९२ प्रतिशतले गिरावट
निर्जीवन बीमा कम्पनीको खुद नाफा ४ अर्ब १६ करोड, २८.९२ प्रतिशतले गिरावट


काठमाडौं। निर्जीवन बीमा कम्पनीको नाफामा २८.९२ प्रतिशतले गिरावट आएको छ। कम्पनीहरुले गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

Vigo
GBIME
Tata

निर्जीवन बीमा कम्पनीले अघिल्लो वर्ष ५ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।

६ वटा कम्पनीको नाफामा गिरावट आएको छ। नेसनल इन्स्योरेन्स नोक्सानीमै गएको छ। नेसनल इन्स्योरेन्स ६२ करोड ३९ लाख रुपैयाँ नोक्सानीमा गएको हो। कम्पनीले अघिल्लो वर्ष २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सर्वाधिक ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले आर्जन गरेको मुनाफा अघिल्लो वर्षको तुलनामा ३.६३ प्रतिशत धेरै हो।

प्रभु इन्स्योरेन्सले सबैभन्दा धेरै ३९.२४ प्रतिशतले नाफा बढाएको छ। यो कम्पनीले गत वर्ष २१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

निर्जीवन बीमा कम्पनीको दुई आर्थिक वर्षको मुनाफा रु हजारमा

निर्जीवन बीमा कम्पनी२०८१/८२२०८०/८१फरक %
आइजीआई प्रुडेन्सियल३६४९७४५०५७०२-२७.८३
दी ओरियन्टल८२९२३५९६१८३-८६.०९
प्रभु२११९५८१५२२२३३९.२४
एनएलजी१६११८११४६९८१९.६६
शिखर४५२७१९४४५३०७१.६६
नेसनल इन्स्योरेन्स-६२३९१२२६६७९२-३३३.८६
हिमालयन एभरेष्ट५३२३३५५०२४६३५.९५
नेपाल इन्स्योरेन्स३१६४५९३०३७५६४.१८
नेको५५०८२६५९०५०२-६.७२
सिद्धार्थ प्रिमियर७१३१८०६८८१८९३.६३
सगरमाथा लुम्बिनी४०३२०६४६०९७९-१२.५३
सानिमा जिआईसी३५०३८८३१८१६८१०.१३
राष्ट्रिय बीमा कम्पनी४२७६४२६२७३०९-३१.८३
युनाइटेड अजोड२१६४३२२४८४०३-१२.८७
कुल४१६०३११५८५२९५७-२८.९२
स्रोत : कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण