BIZMANDU
www.bizmandu.com

जीवन बीमा कम्पनीको नाफामा गिरावट, १६.२४ प्रतिशतले घट्यो, कुनले कति कमाए?

२०८२ साउन ३०

जीवन बीमा कम्पनीको नाफामा गिरावट, १६.२४ प्रतिशतले घट्यो, कुनले कति कमाए?
जीवन बीमा कम्पनीको नाफामा गिरावट, १६.२४ प्रतिशतले घट्यो, कुनले कति कमाए?


काठमाडौं। जीवन बीमा कम्पनीको खुद नाफामा गिरावट आएको छ। गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेकामध्ये आधा कम्पनीको नाफा घटेको छ।

Tata
GBIME

१२ वटा जीवन बीमा कम्पनीले ५ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो रकम अघिल्लो वर्षको तुलनामा १६.२४ प्रतिशत कम हो।

जीवन बीमा कम्पनीले अघिल्लो वर्ष ६ अर्ब ५१ करोड रुपैयाँ मुनाफा कमाएका थिए।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ६ वटाको मुनाफा बढेको छ। रिलायबल नेपालले सबैभन्दा धेरै ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। एसियन लाइफले मुनाफा २४.५७ प्रतिशले बढाएको छ। नेपाल लाइफको नाफा १७.३७ प्रतिशतले उकालो लागेको छ।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ६० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। आइएमई लाइफले ५८ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको मुनाफा रु हजारमा

जीवन बीमा कम्पनी२०८१/८२२०८०/८१फरक %
नेसनल लाइफ४१२८४३९४२८९१-५६.२२
नेपाल लाइफ६०३२६३५१३९८२१७.३७
लाइफ इन्स्योरेन्स कर्पोरेसन३१५८९३८२९६०७-६१.९२
मेट लाइफ४९६१७२८२७९१५-४०.०७
एसियन लाइफ४०९३३७३२८५९१२४.५७
आइएमई लाइफ५८३३०१६१७४८९-५.५४
सन नेपाल५४२४७८५७४९६७-५.६५
रिलायबल नेपाल५७०१९५३८७२१७४७.२५
सिटिजन४२५०१३४३००१७-१.१६
सूर्यज्योति३५०२८६३४५२६६१.४५
सानिमा रिलायन्स३७७४९३३५०८२४७.६
प्रभु महालक्ष्मी३७०७४३३६६१७४१.२५
कुल५४५७०१७६५१४९४०-१६.२४