BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७.४%ले बढ्यो, ६०.३२ करोड कमाउँदा प्रति सेयर आम्दानी कति?

२०८२ साउन ३०

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७.४%ले बढ्यो, ६०.३२ करोड कमाउँदा प्रति सेयर आम्दानी कति?
नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७.४%ले बढ्यो, ६०.३२ करोड कमाउँदा प्रति सेयर आम्दानी कति?

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष खुद नाफा १७.४ प्रतिशतले बढाएको हो।

Vigo
GBIME
Tata

कम्पनीले अघिल्लो वर्ष ५१ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो। इन्स्योरेन्सको व्यापार बढ्दा मुनाफामा सुधार आएको हो।

कम्पनीको दुई आर्थिक वर्षको वित्तीय विवरण (रु हजारमा)

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी९०२८७६३८२०७९६६ १०
रिटर्न अर्निङ१२४१२८८१९२३२७६-३५.५
खुद बीमा शुल्क आर्जन४७६६७०९३४०११०२०६१८.८
कुल आम्दानी६८३०८४५८५९१७६५७७
कुल खर्च६४२०७७७५५५३५२४८७१६
कुल खर्च९३९९५०९१५९६७००२६३८-२.८
खुद नाफा६०३२६३५१३९८२१७.४
प्रति सेयर आम्दानी रुपैयाँ६.६८६.२६६.७
प्रति सेयर नेटवर्थ रुपैयाँ१३६.७५३४३.५६-६०.२