BIZMANDU
www.bizmandu.com

बैंकहरुको ब्यालेन्स सिटले देखायो सुधारको संकेत, ऋण असुली राम्रो हुँदा लाभांश क्षमता दोहोरो अंकमा

२०८२ साउन ३०

बैंकहरुको ब्यालेन्स सिटले देखायो सुधारको संकेत, ऋण असुली राम्रो हुँदा लाभांश क्षमता दोहोरो अंकमा
बैंकहरुको ब्यालेन्स सिटले देखायो सुधारको संकेत, ऋण असुली राम्रो हुँदा लाभांश क्षमता दोहोरो अंकमा


काठमाडौं। बैंकहरुको वित्तीय विवरणले अर्थतन्त्रमा सुधारको संकेत गरेको छ। ऋण असुलीमा सुधार हुँदा आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुको नाफा ४३.३० प्रतिशतले वृद्धि भएको छ।

Vigo
GBIME
Tata

वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष ७१ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएका हुन्। अघिल्लो वर्ष बैंकहरुले ४९ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका थिए।

ऋण असुली सुधार भइ प्रोभिजनिङ घट्दा बैंकहरुको नाफा बढेको हो। नाफा बढेसँगै वितरणयोग्य मुनाफामा पनि सुधार भएको छ। गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हेर्दा वाणिज्य बैंकहरुको औसत लाभांश क्षमता १३.११ प्रतिशत देखिन्छ।

वितरणयोग्य नाफा १९ अर्ब ७७ करोड रुपैयाँ छ। जबकि अघिल्लो वर्ष यो रकम ७ अर्ब २४ करोडले ऋणात्मक थियो।

कर्जा असुलीमा सुधार हुँदा कर्जा नोक्सानीबापतको रकम घटेको छ। बैंकहरुले अघिल्लो वर्ष २३ अर्ब ४८ करोड प्रोभिजनिङ गरेकामा यो रकम गत आर्थिक वर्ष १७ अर्ब ४८ करोडमा झरेको छ।

१६ वटा वाणिज्य बैंकले नाफा बढाउँदा ४ बैंकको भने खुम्चिएको छ। वाणिज्य बैंकहरुको ब्याज आम्दानी भने थोरै घटेको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकहरुको ब्याज आम्दानी ३० करोडले घटेको हो।

त्यसैगरी, वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात ०.४४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३.७३ प्रतशित रहेको खराब कर्जा बढेर ४.१७ प्रतिशत पुगेको छ।

ऋण असुलीमा सुधार र नीतिगत लचकताले रिपोर्ट सकारात्मक भएको बैंकरहरु बताउँछन्।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ ऋण असुलीमा सुधार र राष्ट्र बैंकको सहुलियतले बैंकहरुलाई नाफा बढाउन ‘सपोर्ट’ गरेको बताउँछन्।

‘ऋण असुलीमा विस्तारै सुधार भइरहेको छ। राष्ट्र बैंकले कृषि र एसएमइ क्षेत्रको कर्जालाई पुनर्संरचनाको सुविधा दियो,’ उनले भने, ‘सुधार भइरहेको बेलामा राष्ट्र बैंकको सुविधाले थप काम गरेको छ।’

गभर्नर डा. विश्व पौडेलले घोषणा गरेको बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा पुनर्संरचनाको सुविधाले नाफा बढाउन सहयोग गरेको देखिन्छ। गत जेठमा गभर्नर पौडेलले कृषि र एसएमई क्षेत्रमा गएको कर्जा पुनर्संरचनाको सुविधा दिएका थिए।

साथै, राष्ट्र बैंकले असल वर्गमा वर्गिकरण गरिएको कर्जाको नोक्सानी घटाउँदा त्यसले प्रोभिनजिङ कम भइ नाफा बढाउन सहयोग पुगेको हो।

सात सूचकमा कुन बैंक कति अब्बल?

वाणिज्य बैंक२०८१/८२
नाफा
२०८०/८१
नाफा
नाफा फरक
(प्रतिशतमा)
२०८१/८२
ब्याज आम्दानी
२०८०/८१
ब्याज आम्दानी
२०८१/८२ प्रोभिजनिङ२०८०/८१ प्रोभिजनिङ२०८१/८२ खराब कर्जा२०८०/८१ खराब कर्जा २०८१/८२ वितरणयोग्य मुनाफा२०८०/८१ वितरणयोग्य मुनाफालाभांश क्षमता२०८१/८१ बेस रेट२०८०/८१
बेस रेट
२०८१/८२
टायर वान क्यापिटल
२०८०/०८१ टायर वान क्यापिटल
सानिमा२५७११५५९५३२३९७४४३८३२७.२४६,३५५,९९७,९१४६,१८१,६९७,७७९१,८८९,१२०,७८०१,४३३,३२१.७२३.०११.७२२७८०७२०६६०१४४७३३७२५७२०.४७६.१२७.८३९.८६९.७५
एभरेष्ट४९१८१६५०००३७०३२२५०००३२.८०९१२९३८८०००७६४८३२५०००-१६१,७२२,०००२८२,४०४,००००.३८०.७१४९५४४७००००३३०२३६९०००३८.२७५.३६७.२९१०.४२१०.५९
माछापुच्छ्रे२०११४६१५१९१०४५१९९१८७९२.४४१४,५८०,७६६,०३६१६,५९८,६९३,५४६३५३,७७१,२८५१,३९८,१८७,६०५३.८३३.८६१,०७२,९३५,७७६-३५९,८०४,७६८९.२३६.३८.२६९.४१९.२५
कुमारी२,११६,४०९,०५१४,६०८,७०४४५८२२११,५५४,३९४,६५८१०,८०३,३४०,७०३२,७९६,२४१,४७०६,८४१,४१०,६३१६.४२५.९५-२,७९४,०२०,६१६-५,३६७,४२४,४७५६.४४८.८९८.९४७.७
सिद्धार्थ३,३९५,२८५,७२६३,०८०,०२८,६८४१०.२३५,४३९,९२०,११९७,९३०,०६९,९७११,३१५,३६१,४१८१,०५१,१२३,१४१२.६२२.१७१,८६२,७८७,२४६५८०,३६१,६१७१३.२२६.४२८.११९.८८९.३८
सिटिजन्स१,२९,३३,२१,३९०१,३२,०७,३१,०००-२.०७६,३६४,९७३,१०३५,७२३,८१९.०१-२,६७६,२३८,३७४-१,७२५,४०७,४९४४.९४४.१७७५,४५२,२०६६१३,२४२,२०७५.२५६.२५८.२६८.९४९.२१
कृषि४,१५४,४७५,७९२२,८९७,४८७,८०१४३.३८९,८२१,४८४,००४१०,५५२,७८१,९४११०६,२२१,७६४२,४५२,१६७,०७७३.२६३.९१२,८७७,९७५,६१६२,१३६,०८७,५७५१५.५८५.८७८.०९११.९३११.२१
एनएमबि३,२८१,७९१,०००२,२४४,३९५,०००४६.२२८,०२०,८९४,०००७,२१६,७४३,०००९५८०८२२,०३७,९६७३.७२३.४१,९०९,४६७-९३,८४११०.४६.२२८.४२९.१८९.७२
नबिल७,१२७,५६६,०००६,१९७,१०९,०००१५.०११६,३२७,२९७,०००१६,३१७,३१५,०००२,३९७,९०६,०००१,४०१,७९६,०००४.२७४.४५४,७७३,०५९,०००३,०८२,९०४,०००१७.६४५.८३७.६३९.५२९.४७
हिमालयन१,५१२,५३२,११९१,२३८,३०३,५९०२२.१४१०,४५६,६९०,२७२११,६१७,६९४,८९२१,५३५,०४६,७९७५,२६५,९५४,९३०७.२८४.९८-७,१०१,५२७,३६३-७,४४१,५२६,४२०६.६३९.०८८.७९८.५१
प्रभु५,४४२,६९३,०००५१०,८५६,०००९६५.४०७,१९७,८६४,०००११,८९०,८९४,०००२, ५११, ५०५०००(४, ७१९, ८७१०००)४.९६४.९४१,०४५,१०८,०००-३,०२५,५२६४.४४६.६७८.२१०.१९८.७
ग्लोबल६,२०४,७४५,०००६,१३७,४५४,०००१.०९१६,७१२,२७७,०००१६,८५६,३२७,०००४,३०५,४११,०००३,६१६,६०८,०००४.८७४.१७५,३७९,३००,०००५०६,७१८,०००१४.११५.७६८.०९१०.६६१०.३२
राष्ट्रिय वाणिज्य३,८१६,७०९,९०४२,५५२,४६७,५१०४९.५३१०,०८२,४१४,८८५१०,८३०,२४०,५९८७१३,२३५,०४६१,१४६,४६९,२५१३.५९४.२८३०३,४९६,२६४-१,२२२,१५३,१५११.९१४.८९७.०१९.४६९.५८
लक्ष्मी सनराइज४,११६,९६७,०००२,९२०,३७९,०००४०.९७११,३७६,३८९,०००१२,३६३,८६८,०००-१,१८०,२४६,०००-३,५८८,०६०,०००४.२५४.६३३,००५,३७२,०००१,२४१,६७५,०००१२.३४६.५१०.७५१०.१२१०.१४
नेपाल एसबिआइ१,८०२,५८०,१२०१,९९९,७७२,८८६-९.८६५,२६२,३११,८७३५,०७३,५४५,४४०१,०२८.५५१,८७८६४८,३१०,२९२३.३५१.९६१,२३०,३५७,६१९१,१०१,६४१,२२०११.२९६.२९८.३९.७४१०.०६
नेपाल बैंक३,७७३,००८,९८७२८,४२०,०३७१३१७५.८७१०,०८७,१५१,८२०८,६३४,७६८,२६३१,१३५,५९७,६०९४,७५५,२५८,१३८४.४७४.३३-४४९,०८९,९५८-९६५,०७४,६७५५.५८७.९७१०.०५९.७९
प्राइम४,०२४,४३१,५६६३,५०७,८९४,९९४१४.७२८,८२२,४३४,२९६७,८८२,७७५,५२७१,४१९,४९६,३५०१,६३६,७२०,६६१.००५.५६४.६५२,७८०,८१९,२२१९९५,३३९.४५१४.३३६.४९८.४९१०.३९१०.६७
स्टान्डर्ड चाटर्ड३,०२९,३०३,०००३,२७५,२६८,०००-७.५०४,४८८,४२५,०००५,१३३,२८९,०००-३३,९३४,०००२१६,११४,०००१.४७२.१४१,९९३,३२६,०००२,४६१,५६३,०००१९.८५४.९९६.६१५.८१३.६७
एनआइसी एसिया१६१५७३२३३७०१४९७६३०-७६.९७१०,२५८,२३८,५६८१०७८३३०००००४,१४४,५५४,३२९३,००६,८१०,५३८६.२८३.४५-५,२११,८२२,२७२-२,६६६,९७२,१७२७.०४९.१९८.८७८.२९
नेपाल इन्भेष्टमेन्ट६७५६६४९०००४१०८८९२०००६४.४३१४,१२८,१६७,०००१५११६९७००००-५७४,४०९,०००-५,१११,५६४,०००४.९१५.८५४९१,३५६,०००-५,६९३,२३२,०००१.४४५.८३७.६९११.०९१०.१२
जम्मा७१,६२,६९,६६,८४०४९,९८,३२,६६,६६४४३.३०१,९६,४६,७४,७८,५४८१,९९,४३,८३,६३,४७९१७,४८६,३७२,५५६२३,२९,७७,७४,०५८.७२४.१७३.७३१९,७७,१९,८४,८६६-७,२४,४४,१२,८१३१३.११६.०७४८.२०७५१०.१६२९.८०६५
स्रोत : बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण