BIZMANDU
www.bizmandu.com

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६ अर्ब ७५ करोड, खराब कर्जामा सुधार  

२०८२ साउन ३०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६ अर्ब ७५ करोड, खराब कर्जामा सुधार  
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६ अर्ब ७५ करोड, खराब कर्जामा सुधार  

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६४.४३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो वर्षमा बैंकको खुद नाफा ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँ गरेको छ।

यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशत बढेर २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ, कूल संचालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँ र संचालन नाफा ५८.६६ प्रतिशत बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको छ।

बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत छ।

अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक थियो।

गत वर्ष बैंकको निक्षेप १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १८ प्रतिशत बढेर ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ पुगेको छ। बैंकले खराब कर्जामा सुधार गरेको छ। अघिल्लो वर्ष ४.९१ प्रतिशत रहेको खराब कर्जा ५.८५ प्रतिशत पुगेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी बढेको छ। अघिल्लो वर्ष १२.०४ रुपैयाँ प्रतिसेयर आम्दानी बढेर १९.८० रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ ।