काठमाडौं। चाङ्गन डिपलको अर्को गेम चेन्जर नयाँ एसयूभी गाडी नेपाली बजारमा सार्वजनिक भएको छ। आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नयाँ एसयूभी डिपल एस०५ बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको हो।
नेपालका लागि चीनका राजदूत छान सोङ र एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले गाडी सार्वजनिक गरे।

कम्पनीले गाडीको मुल्य कट थ्रोट प्रतिस्पर्धा गर्न लाइट भेरियन्टमा ४८.९९ लाख र म्याक्स भेरियन्टको ५४.९९ लाख रुपैयाँ तोकेको छ। एमआरपी मूल्य भने क्रमशः ४९.९९ र ५६.९९ लाख रुपैयाँ छ।

डिपल एस०७ को सफलतापछि परिस्कृत एसयूभीका रुपमा एस०५ सार्वजनिक भएको हो।
गाडीको ब्याट्री चार्ज लाइफ साइकल ५ हजार पटक रहेको छ।
भदौ ३ गतेदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शोमा एसयूभी मुख्य आकर्षण हुने कम्पनीको विश्वास छ।
डिपल एस०५ गाडीमा ५६.१२ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। फुल चार्जमा डब्लूएलटीपी रेन्ज ४७० किलोमिटर प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर छ। जसले ३२० एनएम टर्क उत्पादन गर्छ।
डिपल एस०५ मा हुवावे एक्सपिक्सेल हेडलाइट छ। जसले १३ लाख पिक्सेल र १२० इन्चको प्रोजेक्टरको रुपमा पनि काम गर्न सक्छ। यसको बेस भेरियन्टमा साउन्ड सिस्टमतर्फ ८ वटा स्पिकर र टप भेरियन्टमा १४ वटा स्पिकर छन्।
इन्फोटेनमेन्ट सिस्टममा एस०५ मा १५.४ इन्चको टचस्क्रिन छ। जसमा डिपल ओएस ३.० सफ्टवेयर र क्वालकम स्न्यापड्रागन एसए ८१५५ पी चिप जडान गरिएको छ। डिपलको ड्यासबोर्डमा परम्परागत इन्स्ट्रुमेन्ट प्यानलको सट्टा एआर हेड्स अप डिस्प्ले राखिएको छ।
नाडाको मूख्य आकार्षण हुने अपेक्षा
एस०५ सँग स्पेसिफिकेसनको लामो सूचीमात्र छैन, गाडीको लुक्स र प्रविधिको संयोजन मिसिएसको रोड प्रेजेन्स पनि छ।

फ्रेमलेस डोरले यसलाई प्रिमियिम टच दिएको छ। ग्लास रुफले क्याबिनलाई उज्यालो बनाउँदा गाडीभित्रको प्रविधिले हरेक ड्राइभलाई ‘फ्युचरिस्टिक’ बनाउने विभिन्न रिभ्यूहरुमा उल्लेख गरिएको छ।
गाडीमा १.९ वर्गमिटरको पानोरामिक ग्लास रुफ छ जुन यो सेग्मेन्टकै ठूलो हो। साथै एड्भान्स एडास, लेनकिप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, कोलिजन मिटिगेसन र रिमोट इन एन्ड आउट फिचर छन्। अरु कुनै सेग्मेन्टको गाडीमा यी फिचर उपलब्ध छैनन्।