BIZMANDU
www.bizmandu.com

कर्पोरेट फ्लेवर दिने प्रहरीको युनिसेक्स सैलुन, १२५ रुपैयाँमा कपाल काट्ने सुविधा

२०८२ साउन २९

कर्पोरेट फ्लेवर दिने प्रहरीको युनिसेक्स सैलुन, १२५ रुपैयाँमा कपाल काट्ने सुविधा
कर्पोरेट फ्लेवर दिने प्रहरीको युनिसेक्स सैलुन, १२५ रुपैयाँमा कपाल काट्ने सुविधा

काठमाडौं । प्रहरी कर्मचारीको कपाल काट्नको लागि आफ्नै कर्मचारीहरु राखिएको हुन्छ। प्रहरी वृत्तदेखि कार्यालयसम्म हजामको लागि कर्मचारी हुन्छन्। ती हजामको प्रहरीको लागि कपाल काट्ने ठाउँ भने व्यवस्थित हुँदैनन्। कार्यालयको कुनै कुनामा मिलाएर कपाल काटनुपर्ने बाध्यता हुन्छ।

Tata
GBIME
Nepal Life

यस्तो सुविधा पुरुष प्रहरीले मात्र प्रयोग गर्ने तर, महिला प्रहरीको लागि भने यस्तो कुनै व्यवस्था थिएन।

अब भने प्रहरी प्रधान कार्यालय नक्सालमै प्रहरी लागि कर्पोरेट फ्लेवर दिने युनिसेक्स सैलुन संचालनमा आएको छ। बिहीबार प्रहरी महानिरीक्षक दिपक थापाले सैलुनको उद्घाटन गरेका छन्।

त्यहाँ महिला प्रहरीले पनि सेवा लिन पाउने छन्।

‘अब महिला प्रहरीले पनि त्यहाँबाट सेवा लिनु हुनेछ,’ नेपाल प्रहरीका प्रवक्ता डीआइजी विनोद घिमिरेले भने।

यसअघि पुरुष प्रहरीको हकमा कपाल काटेको २५ रुपैयाँ तिर्दै आएका थिए। अब फेसियल लगायत अन्य सुविधासहित १२५ रुपैयाँ बुझाउनु पर्नेछ।