BIZMANDU
www.bizmandu.com

सुन तोलामा १०० घट्दा चाँदी २० रुपैयाँ बढ्यो, कति छ आज कारोबार मूल्य?

२०८२ साउन २८

सुन तोलामा १०० घट्दा चाँदी २० रुपैयाँ बढ्यो, कति छ आज कारोबार मूल्य?
सुन तोलामा १०० घट्दा चाँदी २० रुपैयाँ बढ्यो, कति छ आज कारोबार मूल्य?


काठमाडौं। साताको चौथो दिन सुनको भाउमा झिनो गिरावट छ भने चाँदी बढेको छ। अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेर बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९६ हजार ७ सय रुपैयाँ भएको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिगतमा उच्च हुने दरका तुलनामा मूल्यमा गिरावट धेरै भइरहेको होइन। गत सोमबारका तुलनामा मंगलबार १ हजार ३ सय रुपैयाँले घटेर तोलाको १ लाख ९६ हजार ८ सय रुपैयाँ भएको थियो।

चाँदी बुधबार तोलाको २ हजार ३ सय २५ रुपैयाँ भएको छ। तोलामा २० रुपैयाँ बढेको हो। मंगलबार प्रति तोला २ हजार ३ सय ५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस ३३४८.८४ डलर र चाँदी प्रति औंस ३८.१९ डलरले कारोबार भइरहेको छ।