BIZMANDU
www.bizmandu.com

सेयर बजारमा २६.२२ अंकको गिरावट, नेप्से २८०० विन्दुबाट ओर्लियो, ६.९१ अर्बको कारोबार

२०८२ साउन २७

सेयर बजारमा २६.२२ अंकको गिरावट, नेप्से २८०० विन्दुबाट ओर्लियो, ६.९१ अर्बको कारोबार
सेयर बजारमा २६.२२ अंकको गिरावट, नेप्से २८०० विन्दुबाट ओर्लियो, ६.९१ अर्बको कारोबार

काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक मंगलबार २६.२२ अंकले घटेर २७९६.२४ विन्दु कायम आएको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका होटल तथा पर्यटन बाहेकका उपसमूहले बजार बढाएका हुन। होटल तथा पर्यटनको सूचक १.३२ प्रतिशतले बढेको छ।

फाइनान्सका लगानीकर्ताले सर्वाधिक धेरै गुमाएका छन्। फाइनान्सको सूचक मंगलबार ५.५३ प्रतिशतले ओरालो लागेको छ।

२२५ कम्पनीको मूल्य ओरालो लागेको छ। सिक्लेस हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। २४ कम्पनीको मूल्य बढेको छ।

सिटी होटलको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। हकप्रद सेयर निष्कासनका लागि मूल्य समायोजनपछि होटलको सेयर भाउ उचालिएको हो। सञ्चालन आम्दानीले बैंकको दायित्व तिर्न नसक्ने भएपछि होटलले हकप्रद सेयर निष्कासन गर्दैछ।

बजारमा मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै २६ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख र लुम्बिनी विकास बैंकको २० करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।