BIZMANDU
www.bizmandu.com

युवाको विदेश पलायन रोकेर उद्यमशीलता प्रवर्धन गर्ने नीति लिन सरकारलाई राष्ट्रपतिको आग्रह

२०८२ साउन २७

युवाको विदेश पलायन रोकेर उद्यमशीलता प्रवर्धन गर्ने नीति लिन सरकारलाई राष्ट्रपतिको आग्रह
युवाको विदेश पलायन रोकेर उद्यमशीलता प्रवर्धन गर्ने नीति लिन सरकारलाई राष्ट्रपतिको आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता आर्थिक विकासको आधार भएको भन्दै युवाको विदेश पलायन रोकेर उनीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने नीति लिन सरकारलाई आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार काठमाडौंमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कामको खोजीमा युवाहरुको विदेश पलायन रोक्न सरकारले उद्यमशीलता प्रवर्धनका नीति र कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मूख्य कार्यभार भएको बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आएको छ,’ उनले भने।