BIZMANDU
www.bizmandu.com

हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत वृद्धि, निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि बढ्यो

२०८२ साउन २७

हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत वृद्धि, निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि बढ्यो
हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत वृद्धि, निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि बढ्यो

काठमाडौं । हिमालयन बैंकको नाफा २२.१४ प्रतिशतले बढेको छ। गत वर्ष आर्थिक बैंकले १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ नाफा गरेको हो।

Tata
GBIME
Nepal Life

अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ थियो। 

बैंकको खुद ब्याज आम्दानी १०.९३ प्रतिशत घटेर १० अर्ब ४५ करोड ६६ लाख ९० हजार रुपैयाँ छ। अघिल्लो वर्ष बैंकले ११ अर्ब ६१ करोड ७६ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

त्यसैगरी, बैंकको कमिसन आम्दानी १०.८८ प्रतिशत बढेर १ अर्ब १५ करोड १३ लाख ५१ हजार रुपैयाँ, क‍ूल संचालन आम्दानी ४.७२ प्रतिशत घटेर १२ अर्ब ५२ करोड १३ लाख ५७ हजार रुपैयाँ, संचालन नाफा ८८.४२ प्रतिशत बढेर ५ अर्ब ४३ करोड ६४ लाख ९२ हजार रुपैयाँ छ।  

बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब ४४ करोड १५ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो।

बैंकको निक्षेप संकलन ८.८९ प्रतिशत बढेर ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १.३७ प्रतिशत बढेर २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख ८८ हजार रुपैयाँ पुगेको छ। 

यस्तै, बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.२६ रुपैयाँ बढेर ६.९८ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३.९८ गुणा रहेको छ।

गत आर्थिक वर्ष बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ७.२८ प्रतिशत पुगेको हो।