BIZMANDU
www.bizmandu.com

मोटिभेसनल लेखक उज्ज्वल पाटनीले काठमाडौंमा स्पिच दिने, शिवम् सिमेन्ट मुख्य प्रायोजक

२०८२ साउन २६

मोटिभेसनल लेखक उज्ज्वल पाटनीले काठमाडौंमा स्पिच दिने, शिवम् सिमेन्ट मुख्य प्रायोजक
मोटिभेसनल लेखक उज्ज्वल पाटनीले काठमाडौंमा स्पिच दिने, शिवम् सिमेन्ट मुख्य प्रायोजक

काठमाडौं। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीले काठमाडौंमा स्पिच दिने भएका छन्।

Tata
GBIME
Nepal Life

पाटनीले उपस्थितिमा काठमाडौंमा हुने ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ कार्यक्रमको मुख्य प्रायोजकका रुपमा शिवम् सिमेन्ट आवद्ध भएको छ।

कार्यक्रममा मुख्य प्रायोजकका रुपमा आवद्ध हुन शिवम् सिमेन्टले सम्झौता गरेको छ। कार्यक्रम आगामी भदौ १२ गते बिहान १०:३० बजेदेखि अपरान्ह ५:०० बजेसम्म होटल मेरियटमा गर्ने तय भएको छ।

तीनवटा गिनिज वर्ल्ड रेकर्ड राखेका डा. पाटनीले १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेका छन्। उनको ‘दि उज्ज्वल पाटनी शो’ डिजिटल प्लेटफर्ममार्फत हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकले हेर्दै आएका छन्।