काठमाडौं। विराटनगरमा रहेको स्टार वर्ल्ड फर्माकी संचालक राखी अग्रवाल चौधरी ग्रुपको कम्पनीको रकम नतिरी फरार भएकी छन्।
काठमाडौंको सतुंगलमा कार्यालय रहेको सिजी इम्पेक्सबाट भारत घर भएकी राखीले १८ लाख रुपैयाँको चेक दिएर सामान खरिद गरेकी थिइन्। तर, बैंकमा ब्यालेन्स नभएको भन्दै चेक फिर्ता भएपछि सिजीले प्रहरीमा उजुरी दिएको थियो।
प्रहरी वृत्त थानकोटले सरकारी वकिलमार्फत बैंकिङ कसुरमा राखीमाथि मुद्दा दायर गरेको छ। राखी भने फरार रहेको प्रहरीले जानकारी दिएको छ।
पछिल्लो समय प्रहरीमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन्।