BIZMANDU
www.bizmandu.com

बीमा कम्पनीले बढाए व्यापार, जीवनतर्फ १६.४७ प्रतिशत वृद्धि, निर्जीवनले उठाए ४४.९१ अर्ब

२०८२ साउन २३

बीमा कम्पनीले बढाए व्यापार, जीवनतर्फ १६.४७ प्रतिशत वृद्धि, निर्जीवनले उठाए ४४.९१ अर्ब
बीमा कम्पनीले बढाए व्यापार, जीवनतर्फ १६.४७ प्रतिशत वृद्धि, निर्जीवनले उठाए ४४.९१ अर्ब

काठमाडौं। बीमा कम्पनीहरुले व्यापार बढाएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८१/८२ मा लाइफ र ननलाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जन बढाएका हुन्।

Tata
GBIME
Nepal Life

तीन वटा लघुसहित १७ वटा लाइफ इन्स्योरेन्सले १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यो रकम अघिल्लो वर्षको तुलनामा १६.४७ प्रतिशत धेरै हो।

लाइफ इन्स्योरेन्सले अघिल्लो वर्ष १ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क १८.६० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३४ अर्ब ५१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ४० अर्ब ९३ करोड रुपैयाँ संकलन गरेका छन्।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ४८ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेको छ। प्रिमियम संकलन धेरै बढाउनेमा सन नेपाल छ। यो कम्पनीले २८.८ प्रतिशतले प्रिमियम संकलन बढाएको छ।

जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षमा आर्जन गरेको बीमा शुल्क रु लाखमा

कम्पनी२०८१/८२२०८०/८१फरक %
राष्ट्रिय जीवन बीमा कम्पनी९८५६६.१६८७१४८.९११३.१
नेसनल लाइफ२२४२४४.९७१९२०३५.५९१६.७७
नेपाल लाइफ४८०३८०.१५४०८५०५.७२१७.५९
लाइफ इन्स्योरेन्स कर्पोरेसन१९९२५५.८७१८१०७५.०७१०.०४
मेट लाइफ६२५८३.८६५६७८९.३६१०.२
एसियन लाइफ१०२४८४.४६८०५४८.७१२७.२३
आइएमई लाइफ५६५२७.३६४७४१२.०३१९.२३
सन नेपाल५००४५.४९३८८५४.१५२८.८
रिलायबल नेपाल५२८४५.९९४२०९०.०१२५.५५
सिटिजन७५११३.१९६२१५३.३९२०.८५
सूर्यज्योति१११८७३.५१९५००७.२०१७.७५
सानिमा रिलायन्स७००६९.००६१८९०.६३१३.२१
हिमालयन१७६६०७.९७१६६०८०.०६६.३४
प्रभु महालक्ष्मी५३७०१.१९४३७२३.८९२२.८२
कुल१८२२७३३.४८१५६५०१२.५४१६.४७
स्रोत : नेपाल बीमा प्राधिकरण

बीमा लेख नवीकरण शुल्क १६.४७ प्रतिशतले बढेर १ खर्ब ३७ ‍अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष लाइफ इन्स्योरेन्स कम्पनीले बीमा लेख नवीकरण शुल्कबापत १ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेका थिए।

इन्स्योरेन्सको बीमा लेख १२.६० प्रतिशतले बढेको छ। असारसम्म जीवन बीमा कम्पनीको १ करोड ५६ लाख ३१ हजार बीमा लेख सक्रिय रहेको प्राधिकरणको तथ्यांक छ।

यस्तै निर्जीवन बीमा कम्पनीले बीमा शुल्क संकलन ८.३१ प्रतिशतले बढाएका छन्। डेढ दर्जन निर्जीवन बीमा कम्पनीले गत वर्ष ४४ अर्ब ९१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। उनीहरुले अघिल्लो वर्ष ४१ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

नेसनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको व्यवसायमा गिरावट आएको छ। शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ५ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। बीमा शुल्क संकलन धेरै बढाउनेमा नेपाल इन्स्योरेन्स छ। यो कम्पनीले २८.१२ प्रतिशतले व्यापार बढाएको छ।

निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षमा आर्जन गरेको बीमा शुल्क रु लाखमा

कम्पनी२०८१/८२२०८०/८१फरक %
नेपाल इन्स्योरेन्स२०३७४.९६१५९०३.५६२८.१२
दी ओरियन्टल२७०४८.०५२१६१४.६०२५.१४
राष्ट्रिय बीमा कम्पनी१३७९२.०११५९४०.६७-१३.४८
नेसनल इन्स्योरेन्स १०६१६.०९११९८७.३६-११.४४
नेको३२८१८.८९३१४१०.८३४.४८
प्रभु१८६९३.१३१७७७९.४८५.१४
शिखर५७९४२.०३५४७०२.५०५.९२
एनएलजी३०६४८.७०२५५२७.९०२०.०६
हिमालयन एभरेष्ट४१००४.६८३७२२९.१३१०.१४
सानिमा जीआईसी२७०३२.९९२६१८५.१३३.२४
सिद्धार्थ प्रिमियर४३१०२.७०४१७७१.७२३.१९
सगरमाथा लुम्बिनी५००२०.८३४७८८१.६७४.४७
आइजीआई प्रुडेन्सियल३८६५७.१२३६५०६.४९५.८९
युनाइटेड अजोड२७८३५.१३२७२७२.६६२.०६
कुल४४९१२६.०७४१४६६१.३०८.३१
स्रोत : नेपाल बीमा प्राधिकरण