BIZMANDU
www.bizmandu.com

रक्षा बन्धनका लागि राखी किन्न असन बजारमा भिड, क्वाँति खाने गेडागुडीको व्यापार बढ्यो

२०८२ साउन २३

रक्षा बन्धनका लागि राखी किन्न असन बजारमा भिड, क्वाँति खाने गेडागुडीको व्यापार बढ्यो
रक्षा बन्धनका लागि राखी किन्न असन बजारमा भिड, क्वाँति खाने गेडागुडीको व्यापार बढ्यो

काठमाडौं। भोलि शनिबार जनै पूर्णिमा तथा रक्षा बन्धन भएकाले शुक्रबार असन बजारमा भिडभाड छ। भोलिका लागि जनै तथा राखी खरिद गर्न बजारमा भिड लागेको हो।

Tata
GBIME
Nepal Life

श्रावण शुक्ल पूर्णिमाको दिनमा पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरूले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।

त्यस्तै, दिदीबहिनीले दाजुभाईलाई रक्षाको सुत्र राखी बाधेर आशिष लिँदै पनि यो पर्व मनाउने गरिन्छ।

परम्परानुसार जनैपूर्णिमामा ९ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँति बनाई खाने चलन पनि रहिआएको छ। सोही कारण आजै बजारबाट गेडागुडी किनेर पनि लगिने भएकाले यसको व्यापार पनि बढेको व्यवसायीहरूले बताएका छन्।