BIZMANDU
www.bizmandu.com

नाइमा मोबिलिटी एक्स्पोमा दुईदेखि १४ लाखसम्मका दुईपांग्रे सवारी सार्वजनिक, कुन कस्ता?

२०८२ साउन २१

नाइमा मोबिलिटी एक्स्पोमा दुईदेखि १४ लाखसम्मका दुईपांग्रे सवारी सार्वजनिक, कुन कस्ता?
नाइमा मोबिलिटी एक्स्पोमा दुईदेखि १४ लाखसम्मका दुईपांग्रे सवारी सार्वजनिक, कुन कस्ता?

काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रिमियम सेग्मेन्टका दुईपांग्रे सवारीसाधन सार्वजिनक भएका छन्। बुधबारदेखि सुरु भएको एक्स्पोमा ६ वटा ब्रान्डले नयाँ मोडल सार्वजिनक गरेका हुन्।

Tata
GBIME
Nepal Life

एक्स्पोमा केटिएम, एथर, बिगाउस, टिभिएस, सिएफमोटो र मोरबिडिली ब्रान्डका बाइक लन्च गरिएको हो।

केटिएमले ६ वटा, सेगवेले ४ वटा, सिएफमोटोले र एथरले एक-एक वटा र मोरबिडिली र टिभिएसले दुई-दुईवटा बाइक लन्च गरेका छन्।

यस्तै, बिगाउसले दुई नयाँ मोडलका इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। जसमा बिजी आरयुभी ३५० र बिजीसी १२ छन्। यिनको मूल्य दुई लाख २८ हजार ४०० देखि तीन लाख २५ हजार ३०० रुपैयाँसम्म छ।

सिएफमोटोले ४५० एसआर एस अपडेट भर्सन सार्वजिनक गरेको हो। यिनको मूल्य १३ लाख ४९ हजार रुपैयाँ रहेको छ। एथरले रिज्ता सार्वजिनक गरेको छ। स्कुटरको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ छ।

साथै, मोरबिडिलीले दुई नयाँ मोडल टी ३५२ एक्स र टी २५२ एक्स लन्च गरेको छ। टी ३५२ को मूल्य ९ लाख ९७ हजार ९०० रुपैयाँ राखिएको छ। टी २५० एक्सको मूल्य ५ लाख ७५ हजार छ। २५२ मोडल देखाए पनि मूल्य भने तोकिएको छैन।

टिभिएसले रोनिनको कन्सेप्ट मोडल स्मोक र आरटीआर ३१० तथा आरआर ३१० सार्वजनिक गरेको छ। यी बाइकको मूल्य सार्वजनिक छैन।