BIZMANDU
www.bizmandu.com

हाईलाइफले ल्यायो प्रिमियम बासमती चामल, बजारमा एकदेखि २० किलोमा प्याक उपलब्ध

२०८२ साउन २१

हाईलाइफले ल्यायो प्रिमियम बासमती चामल, बजारमा एकदेखि २० किलोमा प्याक उपलब्ध
हाईलाइफले ल्यायो प्रिमियम बासमती चामल, बजारमा एकदेखि २० किलोमा प्याक उपलब्ध

काठमाडौं। हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ। आज काठमाडौंमा आयोजित हाइलाइफ पार्टनर मिटमा  कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका संचालकले हाइलाइफको नयाँ प्रडक्टका रुपमा बासमती चामल सार्वजनिक गरेका हुन्।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार हाईलाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो। नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दैहाइलाइफ फूड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको कम्पनीले जनाएको छ।

यो चामल घरको भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। अन्य बासमती चामलहरूको तुलनामा हाइलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ।

अध्यक्ष पौडेलले भने, ‘आजसम्म हाइलाइफले एफएमसिजीअन्तर्गत विभिन्न २० वटा प्रडक्ट बजारमा ल्याएका छौं। जसमा कुरुमकुरुम चिउरादेखि, चोकोप्लस, कन्फ्लेक्स, मसौरा, बेसन, ब्रुसली, केचप, जाम, बदाम, चियासिड्स, पेस्तालगायत प्रमुखमा पर्छन।’

उनले एफएमसिजीमा नयाँ ढंगले लैजाने र उपभोक्ताको पहिलो रोजाइको कम्पनी बनाउने योजनाका साथ अगाडि बढाइरहेको बताएका छन्।

यस्तै, हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवर्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध रहेको बताएका छन्।

पछिल्लो समय हाईलाइफ फूड्सले विभिन्न उत्पादनमा जोड दिँदैआएको र व्यावसायिक दायरा विस्तार गरिरहेको जनाएको छ। कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगार सिर्जना रउत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएको उल्लेख गरेको छ। अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटलयुगअनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्नेहाईलाइफ फूड्सको लक्ष्य रहेको कम्पनीले जनाएको छ।

हाल हाईलाइफ प्रिमियम बासमती चामल देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्लेटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। हाईलाइफको चामल एक किलो, पाँच किलो र २० किलोमा बजारमा उपलब्ध हुनेछ।

हाईलाइफ फूड्स विगतदेखि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्यवस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ।