BIZMANDU
www.bizmandu.com

इप्पानले सार्वजनिक गर्‍यो नवौं संस्करणको ‘पावर समिट’को लोगो

२०८२ साउन २१

इप्पानले सार्वजनिक गर्‍यो नवौं संस्करणको ‘पावर समिट’को लोगो
इप्पानले सार्वजनिक गर्‍यो नवौं संस्करणको ‘पावर समिट’को लोगो


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आगामी असोजको अन्तिममा गर्ने ‘पावर समिट’को लोगो सार्वजनिक गरेको छ।

GBIME
Tata

इप्पानले असोज २९ र ३० गते काठमाडौंमा गर्न लागेको नवौं संस्करणको पावर समिटको लोगो बुधबार सार्वजनिक गरेको हो।

मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ भन्ने नारासहित आयोजना गर्न लागिएको समिटको लोगोमा ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विकास र भविष्यमा उच्चस्तरको सम्भावना रहेको देखाउन खोजिएको छ।

लोगोमा ठूलो आकारमा देखाइएको जलविद्युत आयोजनाले नेपालमा स्वच्छ ऊर्जाको मुख्य आधार जलविद्युत हो भन्ने दर्शाउने इप्पानले जनाएको छ।

१० वटा सत्रमा छलफल हुने पावर समिटमा ३० देशका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने इप्पानले जनाएको छ।