BIZMANDU
www.bizmandu.com

मोरबिडिली ब्रान्डको एडभेन्चर बाइक नेपालमा, मूल्य ९ लाख ९८ हजार रुपैयाँसम्म

२०८२ साउन २१

मोरबिडिली ब्रान्डको एडभेन्चर बाइक नेपालमा, मूल्य ९ लाख ९८ हजार रुपैयाँसम्म
मोरबिडिली ब्रान्डको एडभेन्चर बाइक नेपालमा, मूल्य ९ लाख ९८ हजार रुपैयाँसम्म

काठमाडौं। मोरबिडिली ब्रान्डको एडभेन्चर बाइक नेपाल भित्रिएको छ। नाइमा मोबिलिटी एक्सपोमा इटालियन ब्रान्ड मोरबिडिलीका दुई मोडल टी ३५२ एक्स र टी २५२ एक्स लन्च गरिएको छ।

Tata
GBIME
Nepal Life

टी ३५२ को मूल्य ९ लाख ९७ हजार ९०० रुपैयाँ राखिएको छ। टी २५० एक्सको मूल्य भने सार्वजनिक भएको छैन। यो मोडल नेपालमा तत्काल बिक्री नहुने बिक्रेता कम्पनीले बताएको छ।

टी ३५२ मा ३४९.२ सीसीको ड्युल इनलाइन सिलिन्डर इन्जिन छ। यो बाइकमा ४०.९ एचपी पावर छ। यसले ३१.५ एनएम टर्क उत्पादन गर्छ।

टी २५२ एक्समा २४९.५३ सीसीको ८ भल्भ ड्युल सिलिन्डर इन्जिन छ। यो बाइकमा ३३.५ एचपी पावर छ। यसले २० एनएम टर्क उत्पादन गर्छ।