BIZMANDU
www.bizmandu.com

दीपेन्द्र अग्रवालसँग कारोबारमा जोडिएको २२ नम्बर ब्रोकर पनि अनुसन्धानमा, व्यवस्थापक पक्राउ

२०८२ साउन २१

दीपेन्द्र अग्रवालसँग कारोबारमा जोडिएको २२ नम्बर ब्रोकर पनि अनुसन्धानमा, व्यवस्थापक पक्राउ
दीपेन्द्र अग्रवालसँग कारोबारमा जोडिएको २२ नम्बर ब्रोकर पनि अनुसन्धानमा, व्यवस्थापक पक्राउ

काठमाडौं। सेयर कारोबारी सिप्रवी सेक्युरिटी (२२ नम्बर ब्रोकर)का जनरल मेनेजर ३१ वर्षीय जयन्त श्रीवास्तवलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

परिसरका डीएसपी मोहनमणि अधिकारीका अनुसार ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको उजुरी अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। अनुसन्धान भइरहँदा उनी आफैं परिसरमा उपस्थित भएको जानकारी अधिकारीले दिए।

विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवालकी श्रीमतीले २२ नम्बर ब्रोकरविरुद्ध ठगीको उजुरी दिएकी थिइन। ११ करोड ५५ लाख रुपैयाँ ठगिएको भन्दै उजुरी परेको थियो। यसअघि यस्तै अनुसन्धानका क्रममा अग्रवालविरुद्ध पनि उजुरी परेकाले प्रहरीले साउन ५ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। जिल्ला अदालतको आदेशमा अग्रवाल भने हाजिरी जमानीमा रिहा भएका छन्।

अग्रवालविरुद्ध धनुषाका पूर्वसांसद दिनेशप्रसाद साहले ६ करोड ५४ लाख रुपैयाँ ठगिएको भन्दै उजुरी दिएका थिए।

२० र २२ नम्बर ब्रोकरमार्फत दीपेन्द्रले ठूलो रकमको सेयर खरिदबिक्री गरिरहेका थिए। तर, कारोबारमा ब्रोकरहरुले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उनीसँग विवाद भएको थियो। उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि दुवैबीच सहमतिको प्रयास पनि भएको थियो।