BIZMANDU
www.bizmandu.com

नाइमामा लन्च भयो जेको जे५, अटो शोमा अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ

२०८२ साउन २१

नाइमामा लन्च भयो जेको जे५, अटो शोमा अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ
नाइमामा लन्च भयो जेको जे५, अटो शोमा अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ

काठमाडौं। आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे-५’ सार्वजनिक गरिएको छ।

Tata
GBIME
Nepal Life

ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एसयुभी ‘जेको जे-५’ सार्वजनिक गरेको हो। कम्पनीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यका साथ यो प्रिमियम एसयुभी ल्याएको हो।

यसको मूल्य नेपाली बजारमा ६० लाख ९९ हजार तोकिएको छ। तर, नाइमामा भने ५६ लाख ९९ हजार रुपैयाँ अफरमा राखिएको छ। यस्तै, ओमोडा इ५ को ५६ लाख ९९ हजार र जे५ को ६५ लाख ९९ हजार रुपैयाँमा अफर राखिएको छ।

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ-५ र जेइको जे-६ इभी लाइनअपसँगै नयाँ जेइको जे-५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ।

के-के छन् फिचर्स ?

कम्पनीका अनुसार जे५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरि रगेड डिजाइनमा तयार पारिएको छ। यसमा लेभल २ एड्भान्सड् ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध हुनेछन्। जसले यसलाई सहरी यात्रा तथा हल्का अफ-रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउने कम्पनीको दाबी छ।

जे५ मा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन्।

जेइको जे-फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८-इन्चको अग्लो एलोय ह्विल्स रहेको छ। १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्रि प्याकबाट सञ्चालित यो एसयुभिले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्छ।

जेइको जे-५ ले चालक र यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको कम्पनीले उल्लेख गरेको छ। जेइको जे-५ मा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ, जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन्।