काठमाडौं। सनराइज फर्स्ट म्युचुअल फण्डले आफ्ना इकाईधनीलाई दिने लाभांश घोषणा गरेको छ। फण्डले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको हो।
फण्डको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिले इकाईधनीलाई कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।